वर्षा बाधक बनेको आइपीएलको फाइनल खेल आज हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वर्षाको कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल आज हुने भएको छ । नरेन्द्र मोदी क्रिकेट मैदानमा आइतबार तय फाइनल खेल वर्षाको कारण स्थगित भएको थियो ।

गुजरात टाईटन्स र चेन्नई सुपर किंग्सबीचको फाइनल भिडन्त साँझ ७:४५ बजे हुनेछ ।

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

चेन्नई र गुजरात अहिलेसम्म आईपीएलमा चार पटक आमने सामने भएका छन् । जसमा गुजरातले तीन पटक जितेको छ भने चेन्नईले एक पटक जितेको छ । चेन्नईले यसै सिजनको पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गरेको थियो ।

यसअघि २०२२ को सिजनको लिग चरणमा दुई र यस आईपीएलको लिग चरणमा एक पटक गुजरातले चेन्नईलाई पराजित गरेको थियो ।

गएको वर्ष पहिलो पटक आईपीएल खेलेको पहिलो वर्ष नै गुजरातले उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो।

यस सिजनको आईपीएल विजेता टोलीले २० करोड भारु नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेता टोलीले १३ करोड भारु दिइनेछ। त्यसैगरी तेस्रो र चौथो हुने टोलीले पनि सातरसात करोड रुपैयाँ पाउनेछन्।

आईपीएलको इतिहासमा मुम्बई इण्डियन्सले पाँच, चेन्नईले चार, कोलकोताले दुई पटक उपाधि जितेका छन् । त्यस्तै राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद, डेकन चार्जर्स र गुजरात टाइटन्सले एकरएक पटक उपाधि जितेका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सले अहिलेसम्म उपाधि जितेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?