देशद्रोही र भ्रष्टाचारी मुक्त देश बनाऔँ

Read Time = 16 mins

मैले रंगमञ्चमा जीवनमा दुई पटक अभिनय गरेको छु । एउटा पाठशालामा पढ्दा हिन्दी नाटक सुल्ताना डाकु, जसमा मैले सुल्ताना डाकुको भूमिका र अर्को माध्यमिक विद्यालयमा पढ्दा असमिया नाटक ‘टेंगर आरु भेंगर’ (चतुर र सोझो । अहिले सुल्ताना डाकुलाई मैले किन सम्झिरहेको छु भने अहिले राज्यसत्ताको ऐश्वर्य तथा वैभवलाई लुटिरहेका नेता रूपी डाकाहरूले मेरो देशलाई ध्वस्त पारिरहेका छन् तर आफूले लुटेको धन गरिबहरूमा बाँड्दैनन् न त गरिब जनताको जीवनस्तर उच्च पार्न कुनै उद्योगहरू नै खोलिदिएका छन् । बीसौं शताब्दीको पूर्वार्धमा इण्डियाको युुपीमा सुल्ताना डाकुको कहर थियो, जसरी दश वर्षसम्म नेपालमा विदेशी शक्तिकेन्द्रले उचालेका माओको नाम बदनाम गर्ने माओवादी नाम हिंस्रक जत्था थियो जसको प्रमुख प्रचण्ड थिए र उपप्रमुख बाबुराम भट्टराई थिए ।

सुल्ताना डाकुले धनीहरूलाई लुटेर गरिबहरूमा लुटेको धन बाँड्दथे । गरिबहरूका लागि उनी ईश्वर थिए । उनीसँग तीन सय जनाको आधुनिक हतियारले लेस गिरोह थियो र हरेक कारबाहीमा उनले पुलिसलाई छक्याउन सफल हुन्थे । उनी भाँतु सम्प्रदायको गरिब परिवारको भए तापनि सुरुमा सज्जन नै थिए । जब अंग्रेजहरू उनको बस्तीमा पसेर गाउँलेहरूलाई ख्रिष्टान बनाउन सुरु गरे अनि उनमा विद्रोह पैदा भयो र अंग्रेजलाई दुःख दिन उनी डाका बन्न बाध्य भए ।

हाम्रा माओवादी हिंस्रक जत्थाले दश वर्षसम्म निर्दोष मानिसहरूको हत्या गर्ने, साधारण मानिसहरूलाई लुट्ने र बैंकहरू लुट्ने काम गरे । लुटको मालको ठूलो भाग उनीहरूको सरदार कहाँ पुग्थ्यो । कथित बाह्रबुँदे सहमतिबाट सत्तामा आएपछि सरदार र उनका सहयोगीहरूले देश र जनतालाई नै लुट्न थाले र यो लुटमा प्रारम्भदेखि लुटमा अभ्यस्त कांग्रेस र एमालेको गिरोह र छुटभैयाहरू पनि सामेल भए । आज देश करिब बाइस खर्बको ऋणमा चुर्लुम्म डुबेको छ । कांग्रेसले सुरु गरेको मानव बेचबिखन आज दिन दुना रात चौगुणाले बढेको छ ।

भुटानी शरणार्थी मुद्दामा त्रिशिर एउटै ठाउँमा उभिएका छन् । यसको मास्टर माइण्ड यी तीनैजना हुन् । आरजु राणा, मञ्जु खाँण, बादल, गंगा दाहालहरू जो यो शरणार्थी गेट काण्डमा संलग्न छन् भनेर समाचार बाहिर आइरहेको छ तर मुद्दामा यिनीहरूलाई मुुछिएको छैन ।

नेपालीलाई बाहिर निर्यात गर्ने र विदेशीलाई देशमा आयात गरेर नेपाली बनाउने नीति लिएका छन् यिनले । माओवादी न त माओको पथगामी भए न त सुल्ताना डाकु जस्तो नैतिकवान र गरिबहरूप्रति मोह भएका छन् । सदनमा एक अर्कालाई दोष लगाए पनि यी त्रिशिर एउटै भएका छन् । त्यसैले भुटानी शरणार्थी मुद्दामा त्रिशिर एउटै ठाउँमा उभिएका छन् । भुटानी शरणार्थी मुद्दाको मास्टर माइण्ड यी तीनैजना हुन् । आरजु राणा, मञ्जु खाँण, बादल, गंगा दाहालहरू जो यो शरणार्थी गेट काण्डमा संलग्न छन् भनेर समाचार बाहिर आइरहेको छ तर मुद्दामा यिनीहरू न मुुछिनु भनेको यसको धार त्रिशिरतिर बग्ने भएकोले हो ।

वाटरगेट काण्डपछि अमेरिकी राष्ट्रपति निक्सनले पदबाट राजीनामा दिएका थिए । यी त्रिशिरमाथि यस्ता दर्जनौं काण्डहरूको मुद्दा छ र के यिनीहरूले नैतिकताको आधारमा राजनीतिबाट राजीनामा दिन सक्छन् ? कमसे कम आफ्नो मालिकको त अनुसरण गर्नुपर्दछ । यिनीहरू एउटा मुद्दाको विषयान्तर गर्न अर्को मुद्दा उठाउँछन् । अहिले जलहरीको मुद्दा सदनमा उठ्यो तर भोलिपल्ट त्रिशिर मिलेपछि सामसुम भयो । शारीरिक रूपमा तीनजना अलगअलग देखिए तापनि यिनीहरू एउटै हुन्, भ्रष्ट तथा देशद्रोही ।

असमिया नाटकमा चतुरको भूमिकामा मेरो सहपाठी पारसमल सेठिया, सोझोको भूमिकामा म र पुलिस अधिकारीको भूमकामा मेरो बंगाली साथी गौरांग दत्त थिए । कथाअनुसार म चतुर व्यापारीसँग साइकल किन्छु । बाटामा एकैछिन साइकल ठड्यार कुनै काममा लाग्छु, मेरो साइकल चोरी हुन्छ । म पुलिस कहाँ जान्छु । पुलिसले चोर समात्छ । त्यो चोर साइकल व्यापारीको खास मान्छे हुन्छ, उसैले मेरो साइकल चोरी गर्न पठाएको हुन्छ र त्यसबापत चोरलाई केही पैसा दिन्छ तर पुलिसले चोरलाई नै समात्छ, चोरी गर्न पठाउनेलाई केही गर्दैन ।

मेरो देशका लुटेराहरूको गिरोहको कथाहरू पनि यस्तै छन् । उनीहरू माथि राष्ट्रविरुद्ध अपराधको चाङ लागेको छ । न त पुलिसले कारबाही अगाडि बढाउँछ न त अख्तियारले र त अदालतले । अख्तियारका प्रमुखहरू आफैं उनीहरूको मतियार बनी अपराधमा संलग्न हुन्छन् । कार्यबाहीमा पर्छन् तलका । सुल्ताना डाकुलाई फ्रेडी यङको नेतृत्वको प्रहरी टोलीले घेराबन्दी गरी १४ डिसेम्बर १९२३ मा समात्छ र उनीमाथि गाउँको प्रधानको हत्याको अभियोग लगाई अदालतमा पेश गरियो र अदालतले उनलाई फाँसीको सजाय दियो । आफ्नो जीवनको तीस वर्षमा जुन ८, १९२४ मा उनलाई फाँसीमा झुण्ड्याइयो । तर, लुटेराहरूको गिरोह शानसँग राजपाट चलाइरहेका हुन्छन् ।

‘कन्फेसन अफ सुल्ताना डाकु’ पुस्तकमा सुजित सर्राफले लेख्छन्-अंग्रेजले सुल्ताना डाकुको गाउँमा चलाएको सल्भेसन आर्मी क्याम्पमा सुल्ताना र अन्य भांतुहरूलाई ख्रिष्टान बनाउन थालेपछि सुल्तानालाई पनि ख्रिष्टान बनाउन प्रयास गर्दा उनी भागेर डाका बने । प्रसिद्ध सिकारी तथा लेखक जिम कार्बेट आफ्नो पुस्तक ‘माई इण्डिया’को अध्याय ‘सुल्तानाः इण्डियाज् रोबिनहुड’ मा लेख्छन् ‘एउटा डाकाको रूपमा आफ्नो पूरै करियरमा सुल्तानाले कुनै निर्धन मानिससँग एक कौडी पनि लुटेनन् । सबै गरिबहरूका लागि उनको मनमा एउटा विशेष स्थान थियो । जब जब उनीसँग चन्दा मागिन्थ्यो उनले कहिल्यै अस्वीकार गरेनन् र साना पसलेबाट उनले जहिले पनि केही किन्दा, ती सामानको जहिले पनि दुई गुणा दाम तिरे ।’ सुल्ताना डाकुको नाम थियो सुल्तान सिंह ।

नक्कली भुटानी शरणाथी बनाई यसभन्दा पहिला पनि नेपालबाट तिब्बती लगायतका गैरभुटानीहरू अमेरिका गएका थिए । सुरक्षा मामिला अत्यन्त कठोर अमेरिकाले तिनीहरूलाई किन अमेरिका पस्न दियो र अहिले फेरि त्यही कुरा दोहोरिँदा आफ्नो एफबिआईलाई छानबिन गर्न दिएको कुरा किन उठाइरहेको छ । एउटा पुरानो हिन्दी गीत छ-कहीं पे निगाहेंं कहीं पे निशाना । यो गीत भुटानी शरणार्थी काण्डमा लागु हुन्छ । शरणार्थी मुद्दामा सचिव, केही कर्मचारीहरू र बिचौलियाहरू फस्नेछन् बाँकी रिहा हुनेछन्, मुख्य व्यक्तिहरूको कतै नामोनिशान आउने छैन
एमसिसीका प्रवक्ता स्वर्णिम वाग्लेले भनेका थिए-एमसिसी सैन्य प्रोजेक्ट होइन, यो विकास साझेदारीको प्रोजेक्ट हो, सेना आउँदैन । जसले अमेरिकी सेना आउँछ भनेर बहस गर्दैछन् उनीहरू मुर्ख हुन्, गँवार हुन् । अहिले पनि सत्ताको मह चाट्नेहरूले यही कुरा भन्नेछन् र स्वयं अहिले छुट्टै दलमा गएका स्वर्णिम पनि जनतालाई मुर्ख नै भन्नेछन् । यसरी देशप्रति घात गर्नेहरूले आफूले गरेको राष्ट्रघातलाई छोप्ने कोसिस गर्नेछन्, दोषी अमेरिका होइन दोषी यो देशका शासकहरू हुन् । अमेरिका त विश्वमै आतंक, धर्मान्तरण फैलाउँदै अरू देशलाई कमजोर वा समाप्त पार्ने लक्ष्य राखेको मुलुक हो ।

हामी सबै सनातनी धर्मावलम्बीहरू धर्मको पक्षमा हुनुपर्छ, ईश्वरको पक्षमा हुनुपर्छ, सिंहासनच्यूत युधिष्ठिर र धर्ममा स्थिर विदुरको पक्षमा हुनुपर्छ तबमात्रै जित प्राप्त हुन्छ । अनिमात्र हामी यी देशद्रोही तथा सनातन धर्मविरोधीबाट मुक्त हुन सक्छौं ।

रूसले आर्थिक तथा विकास साझेदारी गर्ने भनेर पन्ध्र शीर्षकमा दिन लागेको सहयोग अमेरिकाको डरले अस्वीकार गर्ने, इण्डिया क्रुद्ध हुन्छ भनेर बोआओ सम्मेलनमा नजाने यो सरकार र प्रतिपक्षले कसरी नेपाललाई असंलग्न मुलुक भन्न सक्छन् ? अब पुष्पकमल दाहाल इण्डिया जाँदैछन्, उनी मोदीले दर्शन भेटको समय दिएकोले प्रसन्नचित्त छन् तर गोप्यरूपमा उनले देशको के के बलि चढाएर आउने हुन जनता त्रसित छन् । इण्डिया भ्रमणको पूर्वसन्ध्यामा दाहालले चुरे पहाडलाई मरूभूमीकरण गर्न ढुंगा, बालुवा आदि उत्खनन् गरेर लैजान इण्डियालाई वचन दिएका छन् । जबकि इण्डियामा पहाडहरूको कमी छैन तर उसले आफ्नो मुलुकलाई मरूभूमीकरण गर्न दिँदैन जोगाउँछ । सत्तासीन र सत्ता सन्निकटहरूले अब नेपाललाई असंग्लन राष्ट्र नभनेर इण्डो अमेरिकन सापेक्ष राष्ट्र भनेर घोषणा गरिदिए हुन्छ ।

आमचोरले हाम्रा घडी, नगद, गहना, आदि चोर्ने गर्छन्, कसको चोर्ने उसैले रोजाइ हो तर राजनीतिक चोरले हाम्रो शिक्षा, स्वास्थ्य, धर्म, धन्दा, भविष्य चोर्छ र देशलाई नै बेच्छ, अनि उसैलाई हामी चुन्दछौँ । अझ अनौठो के छ भने आमचोरबाट बच्न आफैं प्रयास गर्छौं तर राजनीतिक लुटेराबाट बच्न होइन उसलाई बचाउन आफूलाई बडो सचेत ठान्दै आफैँमा काटाकाट गर्छौं ।

धर्म अहिले पराजित भइरहेको छ । कुनै दिन जित्छ भनेर आश र प्रयास गरौं । कौरव पक्षमा पनि धर्म थियो विदुरको रूपमा तर कौरवले धर्मलाई सेवक बनाएर राखेका थिए । धर्मको कुरा उनीहरूले सुन्दैन्थे । जब धर्म अर्थात् विदुरले धृतराष्ट्रलाई तपाईको पुत्र कलियुगको रूपमा छन्, अतः युधिष्ठिरलाई उनको अंश दिनु होस् । यो सुनेर दुर्योधन, कर्ण आदिले विदुरलाई केवल साँस मात्र लिएर हस्तिनापुर छोडेर जान भने । यसरी धर्मलाई कौरवले दरबारवाट निकाले जसरि यहाँ राजालाई गद्दीबाट निकालियो ।

पाण्डव पक्षमा पनि धर्म थियो र उनीहरूले धर्मलाई राजा बनाएर राखेका थिए । युधिष्ठिरवाट केही गल्ती भए पनि कुनै कुरामा अन्तिम निर्णय लिने अधिकार उनलाई नै दिएका थिए । धर्म ईश्वरको शरणमा जान्थे र प्रत्येक कार्य श्रीकृष्णको सल्लाहले गर्थे । महाभारतको युद्धमा धर्मले अनन्त विजय नामक शंख बजाउँछन् । जसको अर्थ हुन्छ यदि हामीले विजय प्राप्त गरे त्यसको श्रेय केवल श्रीकृष्णले नै पाउनुपर्छ ।
यसभन्दा पहिला युद्ध रोक्न श्रीकृष्ण जब कौरव पक्षको महलमा जान्छन् तब उनी त्यहाँ न बसेर धर्म अर्थात् विदुरको घर बस्छन् र भोजन पनि त्यहीं गर्छन्, अधर्मको घरमा न त बस्छन्, न त भोजन नै गर्छन् । हामी सबै सनातनी धर्मावलम्बीहरू धर्मको पक्षमा हुनुपर्छ, ईश्वरको पक्षमा हुनुपर्छ, सिंहासनच्यूत युधिष्ठिर र धर्ममा स्थिर विदुरको पक्षमा हुनुपर्छ तबमात्रै जित प्राप्त हुन्छ । अनि मात्र हामी यी देशद्रोही तथा सनातन धर्मविरोधीबाट मुक्त हुन सक्छौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?