यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३१  रुपैयाँ रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा पुग्दा साउदी रियाल एकको खरिद दर ३५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३१रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ  छ भने बिक्री दर १० रुपैयाँ  १ पैसा रहेको जनाएको राष्ट्र बैंकले क्यानेडियन डलर १ को खरिददर ९६.९६ र बिकी दर ९७.२७ तोकेको  छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?