बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रास्वपाकी बिन्दबासिनी कंसाकारले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सभामुख घिमिरेले शपथ ग्रहणपछि उहाँलाई संघीय संसदको लोगो प्रदान गर्नुभएको थियो ।

व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न आफूलाई दुई करोड रुपैयाँ चाहिएको भन्दै मागेको फोन संवादको अडियो सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?