राजविराज । सप्तरी सदरमुकाम राजविराजमा एक जना प्रेमीले लिभिङ टुगेदरमा बस्दै आएकी प्रेमिकाको हत्या गरेको खुलेको छ ।
बलान बिहुल गाउँपालिका वडा नम्बर ६ घर भई राजविराज ४ स्थित डेरा कोठामा बस्दै आएकी ४१ वर्षीया सोनिता देवीको राजविराज ६ बस्ने ४२ वर्षका शंकर शर्माले हत्या गरेको खुलेको हो । यादव र शर्मा लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएका थिए ।
शर्माले २४ बैशाखको बिहान ३ बजेतिर सोनिताको घाँटीमा सलले कसेर हत्या गरेको पाइएको सप्तरी प्रहरीका प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । हत्यापछि शंकरले सोनिताले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर फरार भएको देखिएको उहाँले बताउनु भयो । बलान बिहुलपति शिव कुमार यादवको मृत्यु पछि एकल महिलाको रुपमा सोनिता केहि बर्षदेखि राजविराजमै बस्दै आएकी थिइन् ।
हत्याको कारण
लिभिङ टुगेदरमा बस्दै आएका शंकरलाई सोनिताको कुनै अन्य व्यक्तिसँग सम्बन्ध रहेको शंका लाग्यो । उनले सोनितालाई राजविराज बजारमा कोहि केटासँग गफ गरिरहेको देखे । यहीं बिषयमा उनीहरुबीच विवाद भयो । २३ बैशाखको साँझ दुवैबीच विवाद भएर होहल्ला हुँदा घरधनी शान्ति साह उनीहरूको कोठामा आएकी थिइन् । त्यस क्रममा दुवैले लेनदेनको विवाद भएको बताएर घरधनीलाई पठाएका थिए ।
२३ बैशाखमा दुबै जनाले चाउचाउ पकाएर खाए । राति करिब ११ बजेतिर सोनिताको लागि धेरै रकम खर्च गरेको, अहिले आएर उनी अरुसँग लागेको, आफूसँग टाढा हुँदै गएको महसुस भएपछि पुनः दुवैबीच विवाद हुन थालेको थियो । विवादकै क्रममा शंकरले मेरो पैसा, मेरो जिन्दगी सबै बर्बाद पारिस भन्दा सोनिताले आफ्नो सलले आफैं घाँटीमा बेरी म मरिदिन्छु भनी धम्क्याउन थालेकी थिइन् । ‘तँ किन मर्छेस्, मै मारिदिन्छु भनी शंकरले धकेल्छन् । धकेल्दा सोनिता खाटको किनारमा ठोक्किन पुगिन्’ एसपी कार्कीले भन्नुभयो, ‘सोनिताको अनुहारमा चोट लागेको पाइएपछि शंकरले उठाएर खाटमा राखेको र घाँटीमा बेरिएको सललाई जोडले कसेर ८ /१० मिनेट पछि नै सोनिताको मृत्यु भएपछि शंकर कानमा लगाएको मुन्द्रा र मोबाइल लिएर भागे ।’ उहाँका अनुसारसोनिताको हत्या पछि शंकर सो दिन भारतको अन्द्रामण्ठतिर गएर बसे । मृतकको मोबाइल प्रयोग गरी शंकरले राजविराज ६ बस्ने दिदीलाई घट्नाको बारेमा जानकारी गराउँदै गएर हेन्र अह्राएपनि उनकी दिदीले सो कुरा अस्वीकार गरेकी थिइन् ।
प्रहरीले शंकरलाई २६ बैशाखमा तिलाठी कोइलाडी गाउँपालिका १ क्षेत्रबाट पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका