भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री: सीमा समस्या लगायतका विषयमा सम्बोधन गर्नेगरी छलफल हुने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराउनुभएको हो । उहाँले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी रहेको बताउनु भयो । उहाँले व्यापार, पारवहन, लगानी प्रवद्र्धन, उर्जामा व्यापार, तथा अन्तरदेशीय विद्युत प्रशारण लाइन, सिंचाई, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल, आन्तरिक कन्टेनर लगायतका विषयमा छलफल हुने स्पष्ट पार्नुभयो ।

उहाँले हवाई मार्गको सहजता एवं सुदूरपश्चिम प्रदेशका सीमावर्ती जिल्लाहरुलाई भारतसँग जोड्ने मोटरेबल र झोलुङ्गे पुलको बारेमा छलफल हुने पनि बताउनु भयो । उहाँले नेपालका विभिन्न जलविद्युत उत्पादन हुने नदीमा नेपालको हीत सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने, जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय हाम्रो प्राथमिकताको विषय रहने बताउनु भयो ।

उहाँले नेपालका विभिन्न जलविद्युत उत्पादन हुने नदीमा नेपालको हीत सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने, जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय रहेको पनि बताउनु भयो । उहाँले भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषय यो पटक ठोस कुराकानी गर्ने र पञ्चेश्वर परियोजनाको डिपआिर टुंगोमा लैजानका लागि छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा २०८० जे७ १७ देखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछु । भ्रमणमा परराष्ट्र, अर्थ, उर्जा, जलश्रोत तथा सिंचाई,भौतिक पूर्वाधार तथा यातायातमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री जाँदै हुनुहुन्छ । नेपाल भारत सम्बन्ध र सहकार्यका विभिन्न क्षेत्रका सहकार्यका विषयमा हुने छलफल था सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । नेपालको राष्ट्रिय हीत, छिमेकी राष्ट्रको मित्रवत सम्बन्धलाई केन्द्रमा राखि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरु विज्ञहरुसँग परामर्श गरी भ्रमणका क्रममा उठान गर्ने विषयमा गहिरोसँग बुझ्ने कार्य भएको छ । भ्रमणमा भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्रीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ । नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी छ । व्यापार, पारवहन, लगानी प्रवद्र्धन, उर्जामा व्यापार, तथा अन्तरदेशीय विद्युत प्रशारण लाइन, सिंचाई, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल, आन्तरिक कन्टेनर लगायतका विषयमा छलफल हुनेछ । हवाई मार्गको सहजता एवं सुदूरपश्चिम प्रदेशका सीमावर्ती जिल्लाहरुलाई भारतसँग जोड्ने मोटरेबल र भmोलुंगे पुलको बारेमा छलफल हुनेछ । नेपालका विभिन्न जलविद्युत उत्पादन हुने नदीमा नेपालको हीत सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने, जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय हाम्रो प्राथमिकताको विषय हुनेछ । भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषय यो पटक ठोस कुराकानी हुनेछ । पञ्चेश्वर परियोजनाको डिपआिर टुंगोमा लैजानका लागि छलफल हुनेछ । नयाँ पारवाहन सन्धीलाई टुंगोमा पु¥याउने प्रयास हुनेछ ।’

प्रधानमन्त्री दाहालले भ्रमणमा सीमा समस्या लगायतका कतिपय विषय सम्बोधन गर्नेगरी छलफल हुने बताउनु भयो । उहाँले

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?