पिम नेपाल फिल्म फेष्टिवलको पाँचौं संस्करण हुँदै

Read Time = 2 mins

काठमाडौं । पिम नेपाल चलचित्र महोत्सव २०२२को लागि आवेदन खुला गरिएको छ । आगामी असार १३ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुन गइरहेको पाँचौं संस्करणको फिल्म फेष्टिवलका आवेदन खुला गरिएको आयोजक समितिले जनाएको छ । चलचित्र, बृत्तचित्र तथा लघुचलचित्रलगायतले विभिन्न विधामा आवेदन फारम भर्न सक्ने बताइएको छ । आवेदन दिने अन्तिम मिति २०८० को असार असार ७ गतेसम्म रहेको आयोजक समितिको अध्यक्ष कमला जोशीले जानकारी गराउनुभयो ।

नेपालमा बोलिने विभिन्न भाषामा बनेका चलचित्र, बृत्तचित्र र लघुचलचित्रले महोत्सवमा सहभागिता जनाउन पाउने भएका छन् । नेपाली चलचित्र, कला संस्कृति तथा पर्यटन प्रवद्र्धन तथा संबद्र्धनको गर्ने उद्देश्यले सन् २०१८ देखि पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले यस महोत्सव गर्दै आएको संस्थाका अध्यक्ष माधब राज खरेलले बताउनुभयो ।

पिम नेपाल चलचित्र महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रतर्फ निर्देशक, लेखक, नायक/नायिकाको लगायतको प्रतिस्पर्धा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्वलगायत विषयमा प्रतिस्पर्धा हुनेछ जसमा निर्देशक, लेखक, स्वरांकन, छायांकारलगायत रहनेछन् । त्यस्तै लघु चलचित्रतर्फ निर्देशक र नायक/नायिकाको प्रतिस्पर्धा हुने र विजेतालाई अवार्डसमेत प्रदान गरिने आयोजकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?