अभिनेता, निर्माता एवं निर्देशक नवल खड्का सम्मानित

Read Time = 3 mins

काठमाडौं । अभिनेता, निर्माता एवं निर्देशक नवल खड्का सम्मानित हुनुभएको छ । ग्रेटर नेपाल महाअभियानद्वारा राजधानीमा आयोजित कार्यक्रममा खड्कालाई सम्मान गरिएको हो ।

अभियानले शान्तिवाटिकामा गरेको भ्रष्टाचारविरुद्वको सभामा खड्कालाई देशभक्त नायक भन्दै एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । अभिनयले प्रोत्साहनस्वरूप उहाँलाई सो सम्मान प्रदान गरेको जनाएको छ । उक्त अवसरमा प्रतिष्ठानका संयोजक डा. सुरेन्द्र ढकालले देश निर्माणमा कटिबद्ध भएका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

यसैकारण हामीले देशभक्ति भावना सञ्चार गर्ने ‘दशगजा, आवाज, क्रान्ति, भीमदत्त, काँडेतार’जस्ता चलचित्रका नायक, निर्माता तथा निर्देशक खड्कालाई सम्मान गरेका हौं’, उहाँले भन्नुभयो । सभामा नवल खड्काले सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै देशका लागि केही गरेर देखाउने प्रोत्साहन मिलेको जनाउनुभयो । ‘हामीले सिमानामा काँडेतार बार लगाउनुपर्छ भनेर खुला प्रस्ताव गरेका छौं’, उहाँले भन्नुभयो । ‘यस विषयमा संसदमा बहस होस्, देश विदेश हरेक ठाउँमा बहसहोस् । हाम्रो माग अनि चाहना यी छ’, खड्काले भन्नुभयो । उहाँले चलिरहेको नक्कली भुटानी शरणार्थी काण्ड खुला सिमानाकै कारण भएको जिकिर गर्नुभयोे । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भ्रष्टाचारले मुलुक बर्बादीतर्फ गइरहेको र राष्ट्रिय मुद्दा र राष्ट्रिय सम्मानमा आँच आइरहेको चर्चा गर्नुभयो । अभियन्ता तारा बरालले नवलको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘काँडेतार’लाई शुभकामना दिँदै देश नै पहिलो कुरा भएको सबैले मनन गर्नुपर्ने टिप्पणी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?