‘मिष्टर नेपाल २०२३’को अन्तिम अडिशन काठमाडौंमा हुँदै

Read Time = 2 mins

काठमाडौं । ‘मिष्टर नेपाल २०२३’को काठमाडौं अडिशन आगामी शनिबार आयोजना हुने भएको छ । देशको विभिन्न स्थानको अडिशनपछि आयोजकले छनौट चरणको अन्तिम अडिशन काठमाडौंमा गर्न लागेको हो । नेपालमा आयोजना हुने पुरुषहरू सहभागी प्रतिष्ठित प्रतियोगीताको काठमाडौं अडिशन शनिबार पानीपोखरीस्थित वालनट बिष्ट्रोमा हुने आयोजक नेक्स्ट मोडल्स्का सिइयो रवि धमलाले जानकारी दिनुभयो ।

गत वैशाख २९ गते दमकबाट सुरु भएको पहिलो चरणको अडिशन विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरापछि काठमाडौंमा हुन लागेको हो । सबै अडिशन सकिएपछि प्रतियोगीताका लागि ३० अन्तिम प्रतियोगी सार्वजनिक गर्ने आयोजकको योजना छ ।

यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’को नामबाट आयोजना हुँदैछ । प्रयोगक न्युलुक ब्युटिफर लाइफले भएको कारण नामको अगाडि न्युलुक जोडिएको हो । १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूको सहभागीता रहने प्रतियोगीतामा पाँच फिट आठ इञ्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्ने आयोजनकले जनाएको छ । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा पाँच लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?