काठमाडौं । नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब दुई दिनमात्र बाँकी रहेको छ ।
नयाँ वर्ष २०८० को अवसरअन्तर्गत टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार रुपैयाँको स्योरसट क्यास डिस्काउन्ट, स्कुटर खरिदमा सात हजार स्योरसट क्यास डिस्काउन्ट र अपाचे बाइक खरिदमा पाँच हजार बराबरको हेल्मेट सित्तैमा दिँदै आएको छ । साथै शून्य ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजारभन्दा बढी भ्यालुएसन पनि पाउने अवसर यस अफरमा उपलब्ध छ ।
कम्पनीका अनुुसार जगदम्बा मोटर्स प्रालिका देशभर एक सय ४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका