काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेलहरू हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
आर्मी आठौं जितको योजनामा छ । आर्मी २२ खेलमा ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
जावलाखेल दशौँ जितको खोजीमा रहेको छ । जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा छ ।
यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपीएफ फुटबल क्लब र चर्च ब्वाईज आमुने सामुने हुनेछन् । सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ ।
एपीएफ नवौं जितको खोजीमा छ । एपीएफ २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
चर्च ब्वाइज भने ११ औं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका