संघीय बजेटले छोएन मुगुलाई

हिमालय टाइम्स
Read Time = 3 mins

मुगु । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार करिब ३ घण्टा लामो समय खर्चिएर सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुगु जिल्लालाई गतिलाेसँग छुन सकेन । सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दा मुगुको विकास र समृद्धि तथा यस क्षेत्रको स्वास्थ्य, शिक्षा, गरिबी निवारणलगायतका क्षेत्रमा तोकेर बजेट विनियोजन नहुँदा मुगुवासीमा खुसीको सञ्चार गराउन सकेन ।

मुगुको सडक, पर्यटकियस्थल, धार्मिकस्थल होस या ग्रामीण सडक, पर्यटकीय मार्गका लागि तोकेर बजेट विनियोजन नगरिएको स्थानीयको आरोप छ ।

कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रशिद्ध धाम छायाँनाथ पर्यटकी पथ मार्गको विकास लागि निजी क्षेत्रलाई अनुरोध  गर्ने भनिए पनि कुन निकायलाई भनिने कुनै निश्चित गरिएको छैन । यसले मुगुलाई राज्यले सधै उपेक्षित गरेको यहाँका स्थानीयको बुझाइ छ  ।

बजेटमा रारा खप्तड पर्यटकीय पथमार्ग, मगगढी नाक्चे लाग्ना सडक खण्ड र गोठिज्युला कालाकाडा खत्याड सडकलगायत नाम कतै सुनिएन । मुगुका कुनै गौरवका योजना कहिले नसमेटिनु तथा मुगु राज्यको नजरमा पर्न नसक्नु र विकासमा सधै उपेक्षामा पर्नु दुखद् कुरा भएको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताउनुभयाे ।

चीनको नाकासँग जोडिने गमगढी नाक्चे लाग्ना सडक होस् वा संसारमा परिचित पर्यटकीय स्थल रारा र छायाँनाथ धाम जस्ता धार्मिक स्थलको लागि आवश्यक बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई उपेक्षा गरिएको अध्यक्ष मल्लले बताउनुभयाे

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?