बाजुरामा दादुरा–रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुँदै

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । बाजुरामा दादुरा–रुबेला बिरुद्धको खोप अभियान सुरु हुँने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउन सो अभियान सञ्चालन हुँने भएको हो । जिल्लाभर दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताउनुभएको छ ।

दादुरा रुबेला खोप अभियान सञ्चालन गर्नका लागी मंगलबार देखी स्वास्थ्यकर्मीहरुसँग तिनदिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख चन्दले बताउनुभयो । स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा युनिसेफ, वाटरेट र विश्व स्वास्थ्य संगठनको समन्वय तथा सहकार्यमा जिल्ला सदरमुुकाम मार्तडीमा स्वास्थ्यकर्मीहरुलाई तिनदिन सम्म प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।

तिनदिन सम्म स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिइसकेपछी जिल्लाका नौं वटै पालिकामा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चन्दको भनाई छ । बाजुरामा अहिले सम्म ७५ प्रतिशत मात्र खोप पुगेको र बाकीलाई यो अभियानमार्फत पुरा गर्ने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको चन्दले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?