लुम्बिनी प्रदेशमा १० लाख बढी स्वाथ्य वीमामा आवद्ध

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाल सरकार स्वाथ्य विमा बोर्डले लागू गरेको विमा कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा १० लाख बढि आवद्ध भएका छन् ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिले स्वाथ्य विमा कार्यक्रम लागू भएको छ । जस अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा सबै भन्दा बढि विरामीहरुले स्वाथ्य विमा बापत सेवा लिएका छन् ।

स्वाथ्य विमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक साउदका अनुसार विमा गराउने महिलाको संख्या ५ लाख २६ हजार ७ सय ३३ जना र पुरुषको संख्या ४ लाख ६ हजार १ सय ५२ जना रहेको वताउनु भयो । अन्य लिंङ्ग १ सय १३ जनाले प्रदेशभरमा स्वाथ्य विमा गराएका छन् । लुम्बिनी प्रदेशमा कुल १० लाख १२ हजार ९ सय ९ जनाले स्वाथ्य विमा गराएको साउदको भनाई रहेको छ ।

प्रदेशमा सबैभन्दा बढि रुपन्देही जिललामा १ लाख ४० हजार ९५ जना, सबैभन्दा कम रुकुम पुर्व रहेका छन् ।जसमा जम्म ७ हजार ७ सय ८५ जनाले मात्रै स्वाथ्य विमा गराएका छन् ।स्वास्थ्य बीमा नियमवाली –२०७५ अनुसार ६ प्रकारका व्याक्तिहरुलाई स्वाथ्य विमा निःशुल्क गरेको छ ।

पुर्ण रुपमा निःशुल्क विमा हुनेहरु मा ७० वर्ण भन्दा माथिका जेष्ठ नागरिक, रातोकार्ड अंकित अपाङ्गता भएका (क) बर्गका व्याक्ति, एमडिआर टीबी भएका व्याक्ति र परिवार, एचआईभी संक्रमित र परिवारको सदस्य, कुष्टरोग प्रभावित परिवार, अति गरिबीको परिचय पत्र भएका व्याक्तिहरु, र महिला सामुदायिक स्वाथ्य स्वमसेविकाहरुको लागि ५० प्रतिशत विमा शुल्क मिनाह गरिएको छ ।

प्रदेशका सरकारी, सामुदायिक स्वाथ्य संस्थाको अलवा २ वटा नीजि अस्पतालमा समेत स्वाथ्य विमा कार्यक्रम लागू गरिएको छ । भैरहवामा रहेको युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पताल, देवदहमा रहेको देवदह मेडिकल कलेज तथा रिसर्च सेन्टरमा स्वथ्य विमा लागू गरिएको छ ।

स्वाथ्य विमा १ बर्षको लागि हुन्छ । जसमा ५ जनाको परिवार बरावर एक बर्षमा ३ह जार ५ सय रुपैया तिरेमा विमा हुन्छ । जसमा ५ जना भन्दा बढि व्याक्ति भएमा थप ७०० रुपैयाँ लाग्ने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?