सुमनलाई टेबुल टेनिसमा स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । किङ्स टिटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जित्नुभएको छ । स्ट्याग च्याम्पियन्स टेबल टेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जित्नुभयो ।

पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका मुकेश महर्जन पहिलो, किङ्सकै राजीव महर्जन दोस्रो तथा कास्कीका रूपबहादुर गुरुङ र किङ्सका संघरत्न डंगोल तेस्रो हुनुभयो ।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबल टेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको प्लेटतर्फ कास्कीका किसन जिसी, ललितपुर टिटी क्लबका निम जोशी तथा रिभाइभ हेल्ट क्लबका सुनिल शाक्य र कास्कीका रविन्द्र कँडेल क्रमशः शीर्ष तीनस्थानमा रहनुभएको थियो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, पोखरा महानगरपालिका वडा २ का अध्यक्ष दिवसमान प्रधानांगलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित सात स्पर्धामा १०६ खेलाडी सहभागी हुुनुहुन्थ्यो । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?