सुष्मा र मिनु दोस्रो चरणमा छनोट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुष्मा तामाङ र मिनु गुरुङ बक्सिङ एसियन गेम्सको दोस्रो चरणमा छनोट हुनुभएको छ । महिला ५० किलो तौल समूहमा नक्सालकी सुष्माले एचटुओका अस्मिता दुवाललाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा पराजित गर्दै दोस्रो चरणको छनोटमा पुग्न सफल हुनुभएको छ । यस्तै, ५४ किलो तौल समूहमा आर्मीकी मिनु गुरुङले बक्समाण्डुकी अञ्जली तेलीलाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गर्दै दोस्रो चरणको छनोट पार गर्न सफल हुनुभयो ।

त्यस्तैगरी महिला ५७ तौल समूहमा आर्मीकी चन्द्रकला थापाले एपिएफकी निता तामाङलाई ५ः० का आधारमा पराजित गर्नुभयो । ६० किलो तौल समूहमा एपिएफकी संगीता सुनारलाई टिएसीकी वर्षा श्रेष्ठले वाकओभर दिनुभयो । त्यसैगरी महिला ६६ किलो तौल समूहमा एपिएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दै विजय हासिल गर्नुभयो । ७५ किलो तौल समूहमा एपिएफकी सरस्वती राना मगरले एपिएफ ‘बी’ की मनिता राईलाई ५ः० को युनानिमस डिसिजनका आधारमा पराजित गर्नुभयो ।

पुरुषतर्फका खेलहरूमा ५१ किलो तौल समूहमा एनपिसीका चन्द्र थापाले एचटुओका रविन थापालाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गर्नुभयो । पुरुष ५७ किलो तौल समूहमा एचटुओका बुद्ध ग्याल्मो लामाले बेसीगाउँका सुलभ मालीलाई ५ः० का आधारमा पराजित गर्नुभयो ।

६३.५ किलो तौल समूहमा एनपिसीका भूपेन्द्र थापामगरले जेनेक्सका मौसम रानामगरलाई ५ः० को युनानिमस डिसिजनका आधारमा पराजित गर्नुभयो । ७१ किलो तौल समूहमा आर्मीका दिपेश लामाले सुदूरका भरत चन्दलाई ५ः० को युनानिमस डिसिजनका आधारमा पराजित गर्नुभयो । त्यसैगरी पुरुष ८० किलो तौल समूहमा आर्मीका दीपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङलाई ५ः० का आधारमा पराजित गर्नुभयो भने पुरुष ९२ किलो तौल समूहमा एपिएफका रविन नेपालले गण्डकीका दिपक सुनुवारलाई वाकओभरको डिसिजनका आधारमा पराजित गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?