मलेसियामाथि नेपालको सानदार पुनरागमन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मलेसियासँग जारी पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सानदार पुनरागमन गरेको छ । नेपालले दोस्रो खेलमा मंगलबार मलेसियामाथि ७ विकेटको जित हात पार्दै सिरिजमा १-१ को बराबरी गरेको हो । यसअघि सोमबार भएको खेलमा नेपालले हार बेहोरेको थियो ।

मलेसियाले जितका लागि दिएको ९७ रनको विजयी लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्कासहित २९ रन प्रहार गर्नुभयो ।

ओपनर कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाउनुभयो । त्यस्तै, अर्की ओपनर सीता रानामगरले २२ बलमा २ चौका र १ छक्कासहित २३ रन जोड्नुभएको थियो । त्यसबाहेक विन्दु रावलले १८ बलमा २ चौकासहित १७ रन बनाउनुभयो । मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित २८ रन बनाउनुभयो । यस्तै, विनीफ्रेदले २६ बलमा ३ चौकासहित २० रन बनाउनुभयो । उहाँलाई नेपाली कप्तान रुविनाले बोल्ड पार्नुभएको थियो ।

त्यसबाहेक मलेसियाका जुलियाले ३५ बलमा २० रनमा थप्नुभयो । हामिजाह हाशिम १६ बलमा १४ रनमा नटआउट रहनुभयो । नेपालका लागि रुविनाले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै, इन्दु बर्माले ४ ओभरमा ११ रन खर्चेर १ तथा कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिनुभयो । अब नेपालले जेठ १८ गते तेस्रो खेल खेल्नेछ भने जेठ २० र २१ चौथो तथा पाँचौँ खेल खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?