दोस्रो संस्करणको ग्रामीण चलचित्र महोत्सव हुने

Read Time = 2 mins

काठमाडौं । दोस्रो संस्करणको ग्रामीण चलचित्र महोत्सव हुनेभएको छ । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलाञ्चोकको भकुण्डेबेंसीमा आयोजना हुनेभएको हो । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै सेलिब्रिटी नेपालले जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जनाएको छ ।

महोत्सवमा २६ वटा चलचित्र प्रदर्शन हुने सहभागी हुने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु चलचित्र, डकुमेन्ट्री तथा भाषाभाषीका चलचित्रहरू स्क्रिनिङ हुने जनाइएको छ ।

महोत्सवमा स्क्रिनिङ हुने चलचित्रमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने बताइएको छ । ‘दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु, नियमित नेपाली चलचित्र हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो’, पत्रकार सम्मेलनमा सापकोटाले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?