जापानको सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्यु आधा घटाउने लक्ष्य

Read Time = 2 mins

टोकियो । जापान सरकारले मंगलबार पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यसता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ । मन्त्रिपरिषद्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपाय अवलम्बन गर्नेगरी कानुन परिमार्जन गरिएको छ ।

योजनाअन्तर्गत सरकारले वृद्धवृद्धालाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आहृवान गर्ने योजनामा समावेश छ । त्यसैगरी अत्यधिक गर्मीयाममा वृद्ध र अपांगता भएका व्यक्ति लक्ष्यित विशेष योजना ल्याइने छ ।

विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति हुनेगरेको पाइएको छ । घरभित्रै मृत्यु भएकामध्ये करिब ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कुल बसमा आवश्यक मापदण्ड नपुगी यसै छोड्न नदिन विभिन्न उपाय प्रबद्र्धन गर्न पनि सहयोग गर्ने बताएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?