बजेटको नकारात्मक असर सेयर बजारमा

Read Time = 3 mins

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट घोषणासँगै सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार १७.३८ अंकको गिरावट आएको सेयर बजार बजेटको भोलिपल्ट मंगलबार ५३.१६ अंकले घटेको हो । बजेटमार्फत् सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा करयोग्य आयमा समावेश गरी कर तिरेरमात्र वितरण गर्नुपर्ने व्यवस्थाको असर सेयर बजारमा देखिएको छ ।

यस दिन नेप्सेमा दुई सय ७५ कम्पनीका ७० लाख ७४ हजार दुई सय ५५ कित्ता सेयर दुई अर्ब ३४ करोड १७ लाख ७७ हजार आठ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबारमा आएका सबै समूहगत सूचक घटेका छन् । जीवन बीमा सर्वाधिक ३.५० प्रतिशतले घटेको छ भने अन्य ३.२८ र निर्जीवन बीमाको सूचक ३.१४ प्रतिशतले घटेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमूलक, जलविद्युत्, लगानी र व्यापार इन्डेक्स पनि दुई प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्टको २१ करोड २४ लाख ८१ हजार रुपैयाँ बराबरका चार लाख ६१ हजार पाँच सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् भने ग्लोबल आइएमई बैंकको संस्थापक सेयर १० करोड ११ लाख, नेपाल लाइफ आठ करोड चार लाख, चिलिमे हाइड्रोपावर सात करोड चार लाख बराबरको कारोबार भएको छ । पाँचौँ ठूलो कारोबार भएको नेपाल इन्फ्रास्टक्चर बैंकको पाँच करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गरिमा डिबेञ्चर २०८८ को मूल्य ४.०४, जोशी हाइड्रोपावर ३.९४ प्रतिशत र मेगा म्युचुअल फण्डको इकाई मूल्य ३.३४ प्रतिशतले बढेको छ ।

श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२६ प्रतिशतले घटेको छ भने सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्य ९.१० प्रतिशत, सामुदायिक लघुवित्तको ८.७२ प्रतिशत, सयपत्री हाइड्रोपावर ७.२८ प्रतिशत र आदर्श लघुवित्तको सेयर मूल्य ७.२३ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?