धूमपानविरुद्ध रोकथाम आवश्यक

Read Time = 13 mins

धूमपानविरुद्ध रोकथाम दिवस विश्वमा सन् १९८७ देखि मनाउन सुरु गरिएको थियो । यसको मुख्य उद्देश्य भनेको विश्वभरिका मानिसमा धूमपानविरुद्धको अभियान चलाउने थियो । यसको साथै भावना, स्वास्थ अनि जीवनको धारलाई जीवनदेखि मृत्युसम्म कायम राख्ने अविचलीत अगंसंयन्त्र मुटुलाई सुर्तीजन्य पदार्थको सेवनले थप भार नदियौं, स्वास्थ नै सम्पत्ति हो । यस अर्थमा कि धूम अर्थात् धुँवाजन्य कुरा अनि पान अर्थात सेवन, यसमा चुरोट, गाँजा, हुक्का अनि बिँडीलगायत अन्य धेरै धूमपानजन्य कुराका बारेमा आज संसारभरि जनजागरण फैलाइन्छ ।

यसै सन्दर्भमा नेपालमा पनि यो दिवस धुमधामका साथ मनाइँदै आएको छ । संसारभरि हरेक दिन १५ अर्ब चुरोट बिक्दछ भनेँ हरेक मिनट १ करोड चुरोट बिक्री हुन्छ । यसरी हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्दछ भने हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट सेवनकै कारणले हुने गर्दछ । यस्तै क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये १ जना मान्छेको मृत्यु गराउने विश्वव्यापी तथ्यांकगत पूर्वानुमान गरिएको छ । यसर्थ युद्ध, हिंसा, हपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा धूमपानका कारणले हुने मृत्युको संख्याभन्दा धेरै हुन सक्दैन ।

स्मरण रहोस् संसारभरिका धेरै जसो ठूलाठूला सुर्तीजन्य व्यवसाय औँलामा गन्न सकिने केहीमात्र उद्योगपतिहरूको नियन्त्रणमा छ । धूमपानको कुलतबाट विश्वमा प्रत्येक सेकेण्डमा एकजना, प्रतिदिन ११ हजार जना र प्रतिवर्ष ५० लाख मानिसले ज्यान गुमाइरहेका छन् । ५० लाख मृत्युलाई रोक्ने लक्ष्यमा केन्द्रित छ । विश्व स्वास्थ्य संगठनका अनुसार ठोस प्रयास नगरिएमा यो संख्या सन् २०३० सम्ममा दोब्बर हुनेछ । यस्तो महामारीको प्रकोप, धूमपानको दुष्परिणामबाट ७० प्रतिशत व्यक्तिहरूको मृत्यु केवल विकासोन्मुख राष्ट्रहरूमा मात्रै हुने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठनको छ ।

शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगका बढी मानिसरू सुर्तीजन्य सेवनबाट मृत्यु हुने गर्दछ । समग्रमा भन्नुपर्दा सबैभन्दा बढी सुर्ती सेवन गर्ने भेग हिमाली क्षेत्र हो भने जसमा जुम्ला जिल्ला सबैभन्दा बढी सुर्ती सेवन गर्ने जिल्लामा गनिन्छ ।

धूमपान अहिले विश्वका एक अर्ब ३० करोड व्यक्तिले गर्ने अनुमान छ । धूमपानले क्यान्सर हुन्छ र यसको कारण धूमपानको कुलतबाट हुन जाने दुष्परिणामको सन्दर्भमा गरिएको अनेकौं अन्वेषणात्मक अध्ययनबाट थाहा भएनुसार तमाखुमा करिब चारभन्दा बढी त्यस्ता रासायनिक विषालु कुतत्व छन् जो व्यक्तिको स्वास्थ्यका लागि अत्यन्त हानिकारक एवं असाध्य रोगका कारक छन् । त्यसमध्ये ४८ वटा तत्व यस्ता छन् जो सोझै क्यान्सर रोगका कारण हुन सक्छन् । र, नेपालमा वर्षेनी २७ हजार मानिसको अकाल मृत्यु हुने गरेको जानकारी सम्बन्धित क्षेत्रको दाबी छ । निष्क्रिय धूमपानकै कारण नेपालमा दुई सय ग्रामभन्दा कम तौलका शिशुहरूको जन्म हुन्छ र योसँगै क्षयरोगीको संख्या बढिरहेको छ ।

एक सर्वेक्षणमा मुलुकको ८५ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ भने त्यसमा १५ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेको छ । ७५ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाएको छ । यसर्थ शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगका बढी मानिस सुर्तीजन्य सेवनबाट मृत्यु हुने गर्दछ । समग्रमा भन्नुपर्दा सबैभन्दा बढी सुर्ती सेवन गर्ने भेग हिमाली क्षेत्र हो भने जसमा जुम्ला जिल्ला सबैभन्दा बढी सुर्ती सेवन गर्ने जिल्लामा गनिन्छ ।

यस्तो किसिमको कुलतलाई जोगाउन आफ्नो घर, टोल र समाजमा धूमपानविरोधी अभियान सञ्चालन गर्नुपर्ने कुरामा जोड दिइएको छ । धूमपान गर्नेको संख्या हाम्रो मुलुकममा प्रतिवर्ष बढ्दो छ । धूमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि मानिसहरू यस अम्मलीलाई हतपत त्याग्दैनन् अशिक्षित तथा गरिब समुदायका कैयौं व्यक्तिहरू यसबाट हुने प्रतिकूल असरबाट अनभिज्ञ हुनाका कारणले पनि धूमपान गरिरहेका हुन्छन् । शिक्षित र प्रतिष्ठित समुदायमा भने यसको कुप्रभावबारे यथेष्ट जानकारी हुँदाहुँदै आँखा चिम्लने गरेको पाइन्छ । धूमपान गर्नेहरूले छोडेको धुवाँले वरपर बसेकाहरूलाई पनि असर पार्दछ । धूमपानमा पाइने मुख्य तत्व निकोटिन, टार र कार्बनमोनो अक्साइड हुन् ।

यसका साथै धूमानमा चार हजार प्रकारभन्दा बढी विशाक्त पदार्थहरू पनि हुन्छन् भने तीमध्ये दुईदेखि चार सय मानिसको लागि हानिकारक हुने रहेको छ । सुर्ती सेवनका कारण ४० प्रकारका प्राणघातक क्यान्सर गराउने रसायन हुन्छ । त्यसैगरी प्रतिखिल्ली चुरोटमा २० मिलिग्राम निकोटिन रहेको हुन्छ । तसर्थ ज्यान लिनको लागि २० मिलिग्राम निकोटिन पर्याप्त मानिन्छ । यी रासायनिक पदार्थहरू शरीरका लागि आवश्यक छैनन् बरू स्वास्थ्यका लागि हानिकारक छन् । धूमपान गर्दा यी रासायनिक तत्व हाम्रो रक्त प्रवाहमा मिसिएर जान्छन् र शरीरका विभिन्न अंगहरूलाई काम गर्न बाधा पुर्‍याउँछन् ।

त्यसैले धूमपान गर्नु भनेको रोगलाई निम्त्याउनुसरह हुन्छ । अतः धूमपानको असरले बच्चाहरूको घाँटी दुख्ने, खोकी लाग्ने, निमोनिया हुने डर रहन्छ । बच्चा स्वस्थ जन्मेको भए पनि यसले गर्दा रोगी बन्छन् र अकालमै मर्न सक्छन् । गर्भवती महिलाले धूमपान गरेमा शिशुको स्वास्थ्यलाई समेत हानि गर्दछ । धूमपान सेवन गर्ने व्यक्तिलाई दम, खोकी, मुटुको रोग र फोक्सोको क्यान्सर हुन सक्छ । त्यस्तै गर्भवती आमाबाट जन्मिने बच्चा पनि ख्याउटे र कमजोर हुन्छ । जीवन छोटो छ, त्यसैले धुम्रपान गरेर यसलाई अझ छोटो नबनाऔं ।

मानिस देखासिकीबाट, अरूको लहैलहैमा लागेर, उत्सुकताबस तथा ज्ञान बढ्छ भन्ने मिथ्या विश्वासमा परेर यसको सेवन गर्न थाल्छन् । उनीहरू यसको नराम्रो असरबारे अनभिज्ञ नै हुन्छन् । त्यसैले आजदेखि धूमपान त्यागौं र यसको कुलतलाई त्याग गरी स्वस्थ्य जीवन बनाऔं ।

अन्त्यमा यो क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये १ जना मान्छेको मृत्यु गराउने विश्वव्यापी तथ्यांकगत पूर्वानुमान छ । धूमपानको लतमा आजको भोलिनै धूमपान गर्न छाड्न पक्कै अप्ठ्यारो हुनसक्छ, तसर्थ विस्तारै यो लतबाट आफूलाई छुटाउन गरिने कसरत महत्वपूर्ण छ । विश्वभरिका अधिकांश धूमपान गर्ने व्यक्तिहरू साथीभाइको लहीलहीमा लागेर धूमपान गर्न सानै उमेरमा सिक्न पुग्दछन् । यसअर्थमा आउँदा पुस्तामा साथीहरूलाई नराम्रा कुराको प्रस्तावमा कसरी नाइँ भन्नेजस्ता कुरा पनि सिकाउन जरुरी छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो अनि चुरोटले हिरो बनाउँदैन ।

यसरी आफ्नो स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा पाउँदा पाउँदै पनि कतिपय व्यक्तिहरू कुलतलाई त्याग्दैनन् भने तिनीहरूले पछि गएर ठूलो भुँमरीमा पर्दछन् । जलिरहेको सुर्तीमा विभिन्न सात हजारभन्दा बढी हानिकारक तत्व हुने गरेको र यसको सेवनले एक वर्षमा एउटा व्यक्तिको आयु एक महिना घट्ने विद्यालयहरूमा गरिएको एक अध्ययनले १२ देखि १९ वर्षका युवा धूमपानप्रति आकर्षित हुने गरेको र बढीजसो युवा साथीभाइको संगत, आकर्षक विज्ञापन, चलचित्रका दृश्य आदिका कारण त्यसतर्फ आकर्षित हुने गरेको देखिएको जानकारी छ । धूमपानले जुनसुकै उमेर समूहका व्यक्ति बढी प्रभावित देखिन्छ ।

उनीहरू देखासिकीबाट, अरूको लहैलहैमा लागेर, उत्सुकताबस तथा ज्ञान बढ्छ भन्ने मिथ्या विश्वासमा परेर यसको सेवन गर्न थाल्छन् । उनीहरू यसको नराम्रो असरबारे अनभिज्ञ नै हुन्छन् । धूमपानले न पेट भरिन्छ न त ज्ञान बढ्छ त्यसैले आजदेखि धूमपान त्यागौं र यसको कुलतलाई त्याग गरी स्वस्थ्य जीवन बनाऔं । तसर्थ धूमपान के हो ? यसबाट मानवलाई फाइदा र बेफाइदा के के छ भन्ने कुराको जबसम्म राम्ररी ज्ञान हुन सक्दैन तबसम्म यस समस्याबाट मुक्त हुन सकिँदैन ।

त्यसकारण हामीहरूले आआफ्ना केटाकेटीलाई राम्रो संस्कार, चेतना, र शिक्षा दिनु जरुरी छ । अर्को कुरा व्यक्तिको धारणा जबसम्म गलत रहन्छ तबसम्म उसले नशालाई त्याग्न सक्दैन । किनकि यसलाई हाम्रो समाजबाट हटाउन जनचेतना, शिक्षा, यसको अवगुणको बोध आदि कुरामा बेलैमा सचेत भएको खण्डमा मात्र हाम्रो समाजले यस्ता किसिम लतलाई परित्याग गर्नु अति आवश्यक भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?