भारतीय अभिनेत्री कंगना लेख्छिन्- अब सगरमाथाको यात्रा बन्द गर्नुहोस्

Read Time = 2 mins

मुम्बई । भारतीय अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् ।

भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ । उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाच्नुपर्ने सुझाव दिएकी छन् । ‘एभरेष्ट यात्रा बन्द गर्नुहोस् वा यसलाई ठीक गर्नुहोस् । शिखरमा यस्तो दृश्य अस्वीकार्य हुन्छ’, उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्,‘जोकोही सोच्छन् कि मानव भगवानको मनपर्ने कुरा हुन् । उनलाई यो वास्तविकताको जाँचको आवश्यकता छ । यो दृश्यमा हेर्नुहोस्, तपाईंलाई महशुस हुन्छ कि मानव शायद भगवानको सबैभन्दा कम मनपर्ने हुन सक्छन् । मानिस हरेक स्थानमा आफ्नो दुर्गन्धित फोहोरको पदचिन्ह छोड्छ । विश्वलाई यस्ता व्यक्तिबाट बचाउनुहोस् ।’

कंगना फिल्म ‘इमरजेन्सी’मा देखिँदैछिन् । उनलाई ‘तेजस’, ‘चन्द्रमुखी २’ र ‘मणिकर्णिकाः द क्वीन अफ दिद्दा’ जस्ता फिल्मबाट प्रस्ताव पनि आएको छ ।

https://twitter.com/KanganaTeam/status/1663381266484559872?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1663381266484559872%7Ctwgr%5E0749ccc4ad94c1d3ca2194c3e02b0998382c6f19%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fpublish.twitter.com%2F%3Fquery%3Dhttps3A2F2Ftwitter.com2FKanganaTeam2Fstatus2F1663381266484559872widget%3DTweet 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?