मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरू क्षतिग्रस्त

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ ।

सामाजिक सञ्जालमा भाईरल भईरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।

बीबीसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना हो।

युक्रेनको राजधानी कीभमा रुसी आक्रमण सुरु भए पछि मस्कोमा आक्रमण सुरु हुन थालेको हो । यसअघिको आक्रामणमा एक व्यक्तिको मृत्यु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?