दिल्लीमा आज आँधीसहितको बर्षा हुने, ‘एलो अलर्ट’ जारी

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मंगलवार साँझ ८० किलोमिटर प्रति घण्टाको दरमा तेज आँधी चलेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार पश्चिमी वायुको प्रभावका कारणले आज पनि दिल्लीसहित उत्तरी भारतीय क्षेत्रमा आँधी आउने तथा बर्षा हुने अनुमान गरिएको छ ।

मौसम विभागले बुधबारका लागि ‘एलो अलर्ट’ जारी गर्दै आज पनि आउने आँधी र भारी वर्षाका कारण यातायात अवरुद्ध हुने तथा समतली जमिनमा पानी जम्न सक्ने चेतावनी दिएको छ । कार्यालयले मबुधबार अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरेको छ ।

आईएमडीको तथ्यांक अनुसार सफदरजंग वेधशालामा मे महिनामा अहिलेसम्म ८६.७ मिलिमिटर वर्षा भएको छ । राष्ट्रिय राजधानीमा मे महिनामा औसत १९.७ मिलिमिटर वर्षा हुन्छ।

महाशाखाका अनुसार असार ५ गतेसम्म दिल्लीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा कम हुनेछ । दिल्लीको प्राथमिक मौसम केन्द्र सफदरजंग अब्जर्भेटरीले मंगलबार अधिकतम तापक्रम ३५.९ डिग्री सेल्सियस रेकर्ड गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?