विश्व धुम्रपान रहित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व धुम्रपान रहित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ ।

‘खाद्यान्न बढाऊ, सूर्ति घटाऊ’ भन्ने नारासहित आज (बुधबार) यो दिवस मनाउन लागिएको हो ।

सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्धेश्यसहित विश्व धुम्रपान रहित दिवस मनाउन प्रस्ताव गरेको थियो ।

सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको सभाले उक्त प्रस्ताव पारित गरेपछि मे ३१ लाई विश्व धुम्रपान रहित दिवसको रुपमा मनाउन थालिएको हो ।

सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले धूम्रपान तथा सूर्तीजन्य पदार्थबाट हुने महामारी र यसको कारण हुने मृत्युबारे जनचेतना जगाउने उद्देश्यले विश्व धु्रम्रपान दिवस मनाउन थालिएको हो ।

चुरोट सूर्तिले, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन् । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ ।

गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । सूर्तिजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?