दुर्घटनामा एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए ।

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाकाे कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?