विद्यालयमा विद्यार्थी आकर्षण गर्न पढाइ मेला

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थी आकर्षण बढाउनका लागि पढाइ मेला गरेको छ ।

शिक्षालाई जीवनोपयोगी बनाउन तथा विद्यालय सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लामै पहिलोपटक बृहत् पालिकास्तरीय पढाइ मेलाको आयोजना गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकाको-२ कोइरेलीस्थित हिमा आधारभूत विद्यालयमा दुईदिने पढाइ मेला आयोजना गरिएको छ । मेलामा गाउँपालिकाका सातै वडाका सात विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शनीमा राखेकाे छन् ।

स्थानीय स्रोतसाधनको प्रयोग गरी निर्माण गरिएका कृषि तथा उद्यमशीलता सामग्री, विषयगत पठन सामग्री, विद्यार्थीले सिर्जना गरेका साहित्यसहित चित्रकला, हस्तकलासम्बन्धी सामग्री, विद्यालयस्तरमा बनेका शैक्षिक सामग्रीलगायतका विभिन्न स्टल मेलामा प्रदर्शन गरेको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो ।

सो पढाइ मेलामा देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ, नृत्य, प्रेरक भनाइ र कम्प्युटर टाइपिङ प्रतियोगिता समेत गरेको हिमा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?