कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

सुनसरीको इटहरीमा बुधबार बसेको जसपा प्रदेश समिति बैठकले कोशी प्रदेशबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेशको कोशी नामांकनको विषयलाई लिएर आन्दोलन भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री हुनुहुन्छ । उहाँलाई सरकारबाट फिर्ता बोलाउने निर्णय बैठकले गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?