तस्बिरमा हेर्नुस् प्रधानमन्त्रीको भारत भ्रमणको बिदाई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गर्नुभएको छ ।

बुधबार दिउँसो भारतको औपचारिक चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँको विदाईमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत उपस्थित हुनु हुन्थ्यो ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?