काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान र संसदीय पद्धतिको ठाडो उल्लंघन गर्नुभएको आरोप लगाउनु भएको छ ।
राष्ट्रपतिको यो कदमले संसद्को विशेषाधिकारमा समेत क्षति पुगेको उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
अघिल्लो संसद्ले पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नुभएको नागरिकता विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गर्नुभएको छ । त्यो पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानै जाग्दा । राष्ट्रपतिको यो कदमको तीब्र आलोचना भइरहेको छ ।
विधेयक प्रमाणीकरण गर्ने आफ्नै संवैधानिक, कानुनी र संसदीय प्रक्रिया रहेका उल्लेख गर्दै ज्ञवालीले लेख्नुभएको छ, 'मन्त्रिपरिषद्को निर्णयबाट संसद् सचिवालयमा दर्ता भइसकेपछि ‘विधेयक’ को औपचारिकता प्राप्त गर्ने उक्त दस्ताबेजको ‘डिपोजिटरी’ निकाय दुई वटा मात्रै छन्, संघीय संसद् र राष्ट्रपति कार्यालय, विधेयक कि प्रतिनिधि सभामा हुन्छ कि राष्ट्रिय सभामा, या त सम्बन्धित संसदीय समितिमा, त्यसबाहेक सभामुख वा राष्ट्रियसभा अध्यक्षको टेबुलमा हुनसक्छ, राष्ट्रपति कार्यालयमा पठाउने प्रशासनिक प्रक्रियाका क्रममा ।'
राष्ट्रपतिले निर्धारित समयभित्र प्रमाणीकरण गर्ने या फिर्ता पठाउने निर्णय गर्ने अवस्थामा राष्ट्रपतिको टेबुलमा रहेको अवस्थाबाहेक विधेयक अन्यत्र अस्तित्वमै नरहने उल्लेख गर्दै उहाँले सरकारले नयाँ नजिर बसाउन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ । उपमहासचिव ज्ञवालीले भन्नुभएकाे छ, 'तर आजबाट नयाँ नजिर बसाउन खोजियो ( प्रधानमन्त्री या मन्त्रिपरिषद्ले निर्णय गर्ने, राष्ट्रपतिले प्रमाणीकरण गर्ने, प्रक्रियाका हिसाबले यो संविधान र संसदीय पद्धतिको ठाडो उल्लंघन हो र यसले संसद्को विशेषाधिकारमा समेत क्षति पुगेको छ ।'
अत्यावश्यक छ भन्ने लागेको भए सरकारलाई विधेयक संसदमा ल्याएर पुनः प्रमाणीकरण गर्न के चिजले रोक्यो रु भन्ने प्रश्न गर्दै उहाँले भन्नुभएकाे छ, 'प्रधानमन्त्रीको भारत भ्रमणको केही घण्टा अगाडि मात्रै गरिएको बलमिच्याइँले कानुन निर्माण जस्तो कुनै पनि मुलुकको नितान्त आन्तरिक विषयलाई पनि बाह्य पक्षसँग जोड्न खोजेको स्पष्ट देखिन्छ, जुन नितान्त गलत अभ्यास हो ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच