प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा विदेश राज्यमन्त्री लेखीको स्वागत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चार दिवसीय भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा आज नयाँ दिल्ली पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले बिहीबारदेखि राजनीतिक भेटवार्ता थाल्ने कार्यतालिका छ।

भारत भ्रमणका क्रममा विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चलन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ २० गते स्वदेश फर्किनुहुनेछ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kundan pandey
Kundan pandey
2023-05-31 4:20 pm

Thukka ..beijjati

रिलेटेड न्युज

छुटाउनुभयो कि ?