म्याग्दी । धौलागिरि क्षेत्रका म्याग्दी,बागलुङ र पर्वत जिल्लामा वसोवास गर्ने मगर समुदायको संस्कृतिसँग जोडेर सरकारले मगर संस्कृति पर्यापर्यटन कार्यक्रममार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका योजना सञ्चालन गर्ने भएको छ ।
संघीय सरकारले म्याग्दी, बागलुङ र पर्वतमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत म्याग्दी बागलुङ र पर्वतलाई समेटी पर्यटन र मगर संस्कृति पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गरिने जानकारी गराउनुभएको हो ।
म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेर अन्नपूर्ण–धौलागिरि पर्यावरणीय पदमार्ग सञ्चालन हुँदै आएको छ । सरकारको घोषणापछि अधिकांश मगर समुदायको बसोवास रहेको यो पदमार्गमा बागलुङलाई पनि समेट्ने र मगर संस्कृतिसँग पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकाका प्रायः सवै गाउँहरु मगर वाहुल्य गाउँ हुन् ।यहाँ पुग्ने पर्यटकहरुले मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, भेषभूषा, भाषाको समेत अध्यन गर्न पाउँछन् ।
अन्नपूर्ण,मालिका र धौलागिरि गाउँपालिकाका क्षेत्रमा लोभलाग्दा प्राकृतिक सम्पदा पर्यटकहरुका लागि अर्को आकर्षण बन्छन् । धवलागिरि,अन्नपूर्ण,गुर्जा,निलगिरि,पुठा लगाएतका हिमाल म्याग्दीमा पर्छन् । गाउँमा होमस्टे शैलीका होटेल खुल्न थालेका छन् । यहाँका गाउँमा पुग्ने पर्यटकहरुले स्थानीय कोदो, जौ, मकै, आलु आदिका परिकार खान पाउँछन् ।
गाउँ वरपरका जडिबुटी,हिमश्रृङ्खला,झरना,नदी,ताल,र जैविक विविधताले पर्यटकलाई लोभ्याउने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । म्याग्दीमा बोलिने मगर ढुट र खाम मगर भाषा अरु भन्दा मौलिक रहेकाले भाषा विज्ञानका विद्यार्थीको लागि थप अध्यन गर्न सकिने के वि एकडेमी दरवाङका शिक्षक हिराबहादुर सिउथानी मगरको भनाइ रहेको छ ।
जैविक विविधताका दृष्टिले म्याग्दीको मालिका,धवलागिरि र अन्नपूर्ण,बागलुङको ढोरपाटन र पर्वतको जलजला क्षत्र निकै धनी ठाउँ हो । यहाँ वन लसुन, कटुकी, चुल्थे, रातो च्याउ, निर्मसी, विख्माजस्ता जडिबुटी आय आर्जनका स्रोत बनेका छन् । भेडा र घोडाका लागि यहाँका पाटनमा हुने बाक्लो र मसिनो बुकी घाँसले पर्यटकहरुका लागि थप आकर्षण गराउँछ ।
यहाँको अर्को आकर्षण भनेको माओवादी द्वन्द्वकालमा प्रयोग भएको गुरिल्ला ट्रेलका बारेमा पनि पर्यटकहरुले अध्यन गर्न पाउनु हो । यहाँका जंगल र खर्कहरुमा माओवादी द्वन्द्वकालमा छापामारहरु बस्ने गरेका आश्रयस्थल पनि पर्यटकहरुले देख्न सक्छन् । म्याग्दीको सदरमुकाम बेनी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र डोल्पाको सदरमुकाम दुनै आक्रमणका घाइते छापामारलाई राखिएका गोठ, ओडार र जंगल अध्ययन गर्ने पर्यटकका लागि थप महत्वको विषय हुन सक्छ । सदरमुकाम कब्जापश्चात् अपहरणमा परेका सरकारी अधिकारी, सेना र प्रहरीलाई सुरक्षित साथ बसाइएका घर अहिले पनि देख्न सकिन्छ ।
यस क्षेत्रलाई आदिम सांस्कृतिक थलोका रुपमा चिनिने स्थानीय बूढापाकाहरु बताउँछन् । यहाँको मुख्य भाषा मगर खाम हो । मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । यस क्षेत्रमा पर्यटक रमाउने भनेकै हिमालको दृश्यावलोकन,जैविक विविधताको र मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया र वन्यजन्तुहरु हुन् ।
मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरु आफ्नो अस्तित्व स्वीकार्न नगर्ने संस्कार छ । मगर खामहरुको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन् । गाउँमा खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा प्रचलित छ । यो नै मगर समुदायको सामाजिक विशेषता हो ।
धवलागिरि क्षेत्रका मगर समुदायले लामो भाका र स्वर निकालेर गाईने गितको भावमा डुवेर भांग्रा, कछाड, टोपीको पहिरचनमा मादल भिरेर नाचेको पुख्र्यौली नाँचको दृष्य निकै रोचक हुन्छ । अझ मादलेसंगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषहरुले पुख्यौनी नाचमा रौनकता थपिन्छ । पुख्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । यस्तै रोचक पक्ष र बिषेशषत भएकाले पर्यटकहरु यो नाँच देख्दा मख्ख पर्ने गरेका पुख्यौली संरक्षण समिति काफलडाँडाका सचिव नरबहादुर पुर्जाले बताउनुभयो ।
पुख्यौली नाच्नका लागि १२ जना पुरुष र सोरठी गाउन पनि त्यतीकै संख्यामा महिलाको आवश्यकता पर्छ । त्यसका साथै थाली नाँच,मारुनी नाँच,ख्याली नाँच,भुमे नाँचले पनि पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ ।
‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिउ संरक्षण गरि खेती विस्तारको नीति लिएको सरकारले पर्यापर्यटनलाई मगर संस्कृतिसँग जोडेर कार्यक्रम ल्याउने भएकोमा यस क्षेत्रका मगर समुदाय खुसी भएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका