तीन क्लबलाई एएफसी क्लब लाइसेन्स

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका ‘ए’ डिभिजनका तीन क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेका छन् । मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ फुटबल क्लबले ‘ए’ लाइसेन्स प्राप्त गरेका हुन् ।

अखिल नेपाल फुटबल संघका अनुसार एएफसीको फस्ट इन्सट्यान्ट बडी (एफआइबी) ले तीन क्लबलाई यस सिजनका लागि उक्त लाइसेन्स प्रदान गरेको हो । अघिल्लो सिजन पनि नेपालबाट यी क्लबले मात्रै ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । नेपालमा १४ वटा ‘ए’ डिभिजनका क्लबहरू छन् ।

क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरूले २०२३/२४ मा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । क्लब लाइसेन्सिङको मापदण्डमा युवा खेलाडी विकासदेखि क्लबलाई व्यवस्थित बनाउन आवश्यक पर्ने जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?