पेप गुआर्डीओला उत्कृष्ट प्रशिक्षक घोषित

Read Time = 2 mins

लण्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला लिग प्रबन्धक संघ (एलएमए) को वर्षको उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ । गुआर्डीओला तेस्रोपटक उत्कृष्ट प्रशिक्षक बन्नुभएको हो । सबै डिभिजनका प्रशिक्षकहरूको भोटबाट उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

गुआर्डीओला डेभिड मोयेसजस्तै तीन एलएमए प्रशिक्षक अवार्ड जित्ने तेस्रो प्रशिक्षकसमेत बन्नुभएको छ । ५२ वर्षीय स्पेनिस गुआर्डीओलाले प्रिमियर लिगको वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि जित्नुभएको थियो । उहाँले लगातार तेस्रोपटक सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउनुभएको थियो ।

आर्सनलका मिकेल अर्टेटा, ब्राइटनका रोबर्टो डे जर्बी, न्युक्यासलका एडी होवे, बर्नलीका भिन्सेन्ट कोम्पनी र प्लाइमाउथका स्टिभन शुमाकर पनि वर्षको उत्कृष्ट व्यवस्थापकको सूचीमा पर्नुभएको थियो । कोम्पनी र शुमाकरले क्रमशः च्याम्पियनसिप र लिग वन म्यानेजर अफ द इयर अवार्ड जित्न सफल हुनुभयो ।

सिटीले शनिबार एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । जुन १० मा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्दा त्यो खेलमा जित्नेले ट्रेबल जित्ने मौका पाउनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?