फिलिपिन्समा रेडियो पत्रकारको हत्या

Read Time = 2 mins

मनिला । फिलिपिन्समा एकजना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको बुधबार हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उहाँको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताउनुभएको छ ।

आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीमध्ये एकजनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताउनुभएको छ ।

गत जुनमा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि मारिने बुन्डुक्विन तेस्रो पत्रकार हुनुहुन्छ । केही महिनाअघि रेडियो प्रसारक पर्सिभल माबासालाई मनिलास्थित उहाँको स्टुडियोतर्फ गइरहेका बेला गोली हानी मारिएको थियो । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?