काठमाडौं । चौधौं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्चको सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल बुधबार मकाउ प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा निर्माण व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिसमेत गरी नौसदस्यीय रहेको महासंघले जनाएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मकाउमा रहँदा अन्तर्राष्ट्रियस्तरमै निर्माण उद्योगमा देखापरेका समस्या र समाधानका उपायसहितको छलफलमा सहभागिता जनाउनेछ ।
प्रतिनिधिमण्डल नेतृत्वकर्ताको हैसियतमा अध्यक्ष सिंहले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । यसपटकको सम्मेलनको नारा ‘गोइङ ग्रिन, डिजिटल एण्ड स्मार्ट फाइनान्सिङ विन विन को-अपरेसन’ रहेको छ । चीनका निर्माण व्यवसायीको संगठन र मकाउ व्यापार तथा लगानी प्रवद्र्धन केन्द्रले संयुक्तरूपमा सम्मेलन आयोजना गरेका हुन् । तेह्रौंं संस्करणसम्म ७० देशका दुई हजारभन्दा बढी प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच