भ्रष्टाचारका दुई मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट फैसाल भएका दुई मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका कागजात सच्याई लिखत तयारगरी भ्रष्टाचार गरेको अभियोगका दुई मुद्दामा अख्तियारले बुधबार पुनरावेदनमा गएको हो ।

विशेष अदालतबाट सफाइ पाएका शेष अव्वास, चन्द्रदेव ठाकुर, सवरुन खातुन, आरिफ हुसेन, सदनकुमार कर्ण र दुर्गादत्त पौडेलविरुद्धका मुद्दामा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरूले विशेष अदालतमा बयान गर्दा कसूर इन्कार गरेकोलगायत आधारमा सफाइ दिएको भन्दै सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

सबै प्रतिवादीहरू भ्रष्टाचारजन्य कसूरमा पूर्ण संलग्न रहेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन २०३१ को दफ १८ बमोजिम प्रमाणको रूपमा ग्रहणगरी फैसला गर्नुपर्नेमा सो विपरीत सफाइ दिएको अख्तियारको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?