काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज (बिहीबार) तीन खेलहरू हुँदैछन् ।
दोस्रो लेगको दशौँ चरणअन्तर्गत आज हुने खेलहरूमध्ये एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
दशरथ रंगशालामा दिउँसो ३ बाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा मनाङ मस्र्याङदी र खुमलटार एक आपसमा आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच