तेस्रो ध्रुव बन्ने भारतको महत्वाकांक्षा सफल होला ?

Read Time = 10 mins

विश्वमा समाजवादी सोभियत संघको विघनटपछि अमेरिकी विशेषज्ञ फुकुयामाले प्रष्ट रूपमा के भनेका थिए भने संसारमा अब केवल एउटै धु्रव अमेरिका कायम रहन्छ । अनि यो एक ध्रुवीय विश्व व्यवस्था अनन्त कालसम्म चल्नेछ तर त्यसविपरीत वितेको तीन दशकयताको विश्वको अवस्था अपूर्व रूपमा बदलियो र आफ्नै आार्थिक शक्तिको बलबुतामा चीनले दोस्रो शक्तिशाली ध्रुव कायम गर्न पुग्यो । यसलाई चाहेर नचाहेर पश्चिमा देशहरूले पनि स्वीकार्न बाध्य बनेको प्रष्टै देखिएको छ ।

बितेको एक दशकयता भारतले पनि तुलनात्मक राजनीतिक स्थायित्व र सक्रिय विदेश नीतिका कारण अमेरिका र चीनबीच रहेको दुई ध्रुवीय विश्वमा तेस्रो ध्रुव बनाउने कोसिस गरिरहेको र यसले विश्वमा नयाँ पक्ष खडा गर्ने पनि विश्लेषण हुन थालेको कतिपय विदेश नीति विशेषज्ञ र कूटनीतिहरूले नै यो कुरा उठाउन र स्वीकार्न सुरु गरेको एकथरी भारतीय विश्लेषक औंल्याइरहेका छन् ।

अर्कोतिर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा यतिबेला सोभियत संघको विघटनको स्थितिबाट बाहिर निस्केर उदाउन थालेको नयाँ शक्तिको रूप हासिल गरेका छन् । यद्यपि कुनै प्रष्ट र निश्चित विचारधाराको अनुपस्थिति र बहुआयामिक अर्थव्यवस्थाको अभावमा यो विश्वस्तरमा अहम् भूमिका निर्वाह गर्न सक्ने स्थिति बन्न अझै सकिरहेको छैन भन्ने विश्लेषण पनि भइरहेको छ । जे होस् यसरी आज विश्व बहुध्रुब बन्ने र विघटन हुने क्रमबाट गुज्रिरहेको देखिन्छ । भनिन्छ भारतको विदेश नीति कहिल्यै पनि शक्ति प्रदर्शनमाथि आधारित थिएन । भारतको स्वतन्त्रतापछिका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले पञ्चशीलका आधारमा विकासशील र अर्धविकसित तथा कम विकसित देशहरूलाई एकजुट तुल्याउनका लागि असंलग्न आन्दोलनमााथि जोड दिएका थिए । भनिँदैछ अहिले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बदलिएको विश्व परिस्थितिमा पण्डित जवाहरलाल नेहरूकै अनुसरण गर्दै ‘ग्लोबल साउथ’लाई एकजुट पार्ने कोसिस गर्न थालेको देखिन्छ ।

युक्रेन युद्धका बेला तटस्थ भूमिका निर्वाह गरेर भारतले आफ्नो विश्वसनीयतामाथि छाप लगाइदिएको पनि यतिबेला उल्लेख गरिँदैछ । यसैबीच पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले नरेन्द्र मोदीको चरण स्पर्श गरेको कुरालाई अन्तर्राष्ट्रिय कूटनीतिमा निकै अनौठो र अपूर्व घटनाका रूपमा लिइँदैछ । उनले त मोदीलाई ‘ग्लोबल साउथ’ का नेता नै भनिसके । यता प्रशान्त क्षेत्रका लागि भौगोलिक रूपले पनि चीन सबैभन्दा महत्वपूर्ण देश हो भन्ने कुरा सबैलाई थाहा छ । त्यताका देशहरूले पनि भारतलाई आफ्नो प्रवक्ता भन्न थालेका छन् र यो भारतीय विदेश नीतिको ठूलो सफलता भन्ने कुरा पनि भारतीय सत्ताका एकथरी विश्लषक औंल्याउन थालिसकेका छन् ।

कांग्रेसका नेता राहुल गान्धी रुसमाथि युक्रेनको क्षेत्रीय अखण्डता उल्लंघन गरेको आरोप लगाउने गर्दछन् र उनी यो रुसी कारबाहीको तुलना पूर्वी लद्दाखमा चीनका सैनिकले गरेजस्तै कारबाहीसँग तुलना गर्ने गर्दछन् । भारतीय कांग्रेसका नेता शशि थरुर र मनिष तिवारीहरू पनि रुसका आलोचक रहेका छन् ।

उनीहरू उदाहरण दिँदै भन्न थालेका छन् कि पपुआन्युगिनीपछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजले मोदीलाई ‘बोस’ सम्बोधन गरेका छन् । यसरी मोदी अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ शब्दावलीका जन्मदाता बन्दै गएको गर्व पनि एकथरी भारतीहरू गर्दैछन् । वास्तवमा भारतमा विश्व पटलमा भारतको भूमिकालाई लिएर त्यो देश दुई खेमामा विभक्त भएको देखिँदैछ । त्यसमा एउटा ठूलो खेमा भारतको तटस्थताको नीति र ग्लोबल साउथलाई प्राथमिकतामा राख्नुपर्दछ भन्ने पक्षमा रहेको देखिन्छ भने अर्कोतिर सानो तर प्रभावशाली मानिने खेमा भने भारतलाई अमेरिका र पश्चिमा देशसँग गठबन्धन गरेर जानुपर्दछ भन्ने कुरामा जोडतोडले लागिरहेको पाइन्छ । यो तप्काले ग्लोबल साउथ या तेस्रो ध्रुव बनाउने विचारलाई दिवास्वप्नमात्र ठानेको र भन्ने गरेको छ ।

यसै प्रकारले भारतको आन्तरिक या घरेलु राजनीतिमा पनि विदेश नीतिलाई लिएर यतिबेला मतैक्यता रहेको देखिँदैन । भनिँदैछ कांग्रेसका नेता राहुल गान्धी रुसमाथि युक्रेनको क्षेत्रीय अखण्डता उल्लंघन गरेको आरोप लगाउने गर्दछन् र उनी यो रुसी कारबाहीको तुलना पूर्वी लद्दाखमा चीनका सैनिकले गरेजस्तै कारबाहीसँग तुलना गर्ने गर्दछन् । भारतीय कांग्रेसका नेता शशि थरुर र मनिष तिवारीहरू पनि रुसका आलोचक रहेका छन् । यस पूरै प्रकरणमा भारतको वामपन्थी खेमाका नेताहरू र समीक्षकहरूको भूमिका भने निकै चाखलाग्दो र रोचक रहेको एकथरी गैरवामपन्थी र वामपन्थी तप्काले पनि मान्दछन् । अमेरिकी साम्राज्यवादको दशकौं दशकदेखि विरोध गर्दै आएको यो खेमा भारतको तटस्थ नीतिको खुलेर समर्थन गर्दैन भन्ने तिनीहरू भन्दैछन् । त्यतिमात्र होइन कतिपय वामपन्थी रुझान् राख्ने सञ्चारमाध्यममा त रुसका विरुद्ध अमेरिकी प्रोपोगण्डालाई नै पनि प्रसारित गरिँदै गरेको पनि यस सन्दर्भमा औंल्याइँदैछ । कतिपय वामपन्थी खेमाका समीक्षकहरू मोदीलाई श्रेय नदिइकन पनि भारतको युक्रेन नीतिलाई सही ठहराउने छन् ।

आउँदो महिना भारतीय प्रधानमन्त्री मोदी र प्रतिपक्षका नेता राहुल गान्धी दुवै अमेरिका भ्रमणमा जाँदैछन् । त्यसबेला तिनले युक्रेन युद्धका बारेमा के कस्तो विचार प्रक्षेपण गर्ने हुन् त्यसप्रति अहिले समीक्षकहरूको चासो र जिज्ञाषा देखिन्छ । आजको विश्वको एउटा यथार्थ के हो भने विश्वका अधिकांश देशहरू अमेरिकी प्रशासनको ‘गुड बुक’ अर्थात् ‘कृपापात्र’ रहने कोसिस गर्ने गर्दछन् । भारतमा आउँदो २०२४ को लोकसभा चुनावअघि शायद राहुल गान्धीले पनि अमेरिकी प्रशासनलाई आफ्नो अनुकूल गर्ने कोसिस गर्नसक्छन् भने आफ्नो सरकारी अमेरिकी यात्राका बेला भारतका प्रधानमन्त्री मोदीले अमेरिकी प्रशासनलाई के आश्वस्त पार्न भरमग्दुर प्रयत्न गर्ने अनुमान गरिँदैछ भने भारतले स्वतन्त्र विदेश नीतिको अनुसरण गर्न खोजे पनि अमेरिकासँग आफ्नो सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ । यस सन्दर्भमा भारतको अपेक्षा यतिमात्रै हो कि रुससँग उसको सैन्य तथा आर्थिक सम्बन्धमा कुनै रोकावट नहोस् ।

अहिले त विश्वमा धेरै कुरा युक्रेन युद्धकै घटनाक्रममा भर पर्ने कुरा निश्चितै छ । यदि त्यहाँ युद्धले व्यापक रूप लियो भने रुससँगको सम्बन्ध सामान्य कायम राखिराख्न भारतका लागि निकै दुरुह सावित हुनजाने देखिँदैछ । त्यतिबेला भारतमा प्रत्यक्ष र परोक्ष रूपमा प्रतिबन्धको सिकार हुने कुरा निश्चितप्राय छ । त्यसैले भारतीय सत्ता यतिबेला विदेश नीतिमा निकै द्विविधामा परेको देखिन्छ । इण्डो-अमेरिकी धुरीमा रहने उसको वर्तमान मनसाले ठूलो मूल्य चुकाउन पनि स्थिति आउन सक्ने धेरै विश्लेषकले अनुमान गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?