अष्ट्रेलियामा फेला पर्यो विश्वको सबैभन्दा पुरानो हड्डी, १० करोड ७० लाख पुरानो भएको पुष्टी

हिमालय टाइम्स
Read Time = 2 mins

सिडनी । अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ ।

बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हडडी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको खुलेको हो । जुन सरिसृप अस्ट्रेलियाको आकाशमा १ सय ७० मिलियन वर्ष पहिले उडन गरेको थियो।

अष्ट्रेलियाको भिक्टोरिया राज्यवाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई टुक्राहरूको परीक्षण गरे पछि पेलेओन्टोलोजिस्टहरूले यस्तो निष्कर्षमा पुगेका हुन ।

बुधवार हिस्ट्री बायोलोजी नामक विज्ञान जर्नलमा प्रकाशित अध्ययन अनुसार उक्त नमूनाहरू देशबाट बरामद गरिएको टेरोसरको सबैभन्दा पुरानो अवशेष भएको देखियो । यो विशाल प्राणी उडानको क्षमता विकसित गर्ने पहिलो कशेरुका जाती थियो र १७० मिलियन वर्ष पहिला सुरु भएको मेसोजोइक युगमा डायनासोरसँगै बस्ने गरेको थियो ।

मेलबर्नको पर्थस्थित कर्टिन विश्वविद्यालय र म्युजियम भिक्टोरियाका विज्ञहरूले अष्ट्रेलियामा फेला परेको किशोर टेरोसरको पखेटाका दुई हड्डीको जाँच गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?