तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतलाई

Read Time = 2 mins

नयाँ दिल्ली । तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ । नेपालले तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिने सम्झौता गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट वाणिज्यमन्त्री रमेश रिजाल र भारतीय पक्षबाट वाणिज्यमन्त्री पियुष गोयलले हस्ताक्षर गर्नुभयो। सम्झौताअनुसार गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुनेछ । यसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने लक्ष्य  लिएको जानकारी दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?