सर्लाहीका माछापालक किसान आन्दोलित

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । विद्युत महसुलका कारण सर्लाहीका माछा किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले आज सर्लाहीको लालवन्दीमा रहेको नेपाल विद्युत प्राधिकरण लालवन्दी शाखामा केही बेर नारावाजी तथा धर्ना समेत दिएका छन् ।

आजको धर्ना कार्यक्रममा सर्लाही एकका संघीय सांसद रामप्रकाश चौधरी सहितको किसानको समुहले नेपाल विद्युत प्राधिकरण लालवन्दीका शाखामा धर्ना दिदै नारावाजी गरेका छन् । विद्युत महसुलमा किसानले पाउदै आएको छुट पछिलो समय नेपाल बिधुत प्राधीकरणले हटाएको भन्दै सर्लाहीका किसान आन्दोलित भएका हुन् । बिगतका वर्षमा माछा पालन गर्दै आएका किसानले संचालन गर्ने मिटर सिचाई समुहमा रहेको भएपनि अहिले भने औधोगिक समुहमा राखिएको किसानको गुनासो रहेको छ ।

यसरी पोखरीमा सिँचाइको लागि प्रयोग हुने बिधुतलाई औधोगिक समुहमा राख्दा किसानले धेरै पैसा तिर्नु परेको किसानको गुनासो रहेको छ । सिँचाइ समुहमा रहँदा किसानले प्रति युनिट २ रुपैयाँ २५ पैसा तिर्दै आएकोमा अहिले औधोगिक समुहमा मिटर राख्दा किसानले प्रति युनीट ७ रुपैया ८० पैसा र डिमान्ड शुल्क प्रति महिना ६० रुपौया तिर्नु परेको किसान यादव मैनालीले बताउनु भयो । यसरी किसानले सबै महिना मिटर संचालन गर्नु आवश्यक रहँदैन पानी कम भएको समयमा मात्र मिटर संचालन गर्नुपर्ने भए पनि किसानले सबै महिना डिमान्ड शुल्क तिर्नुपर्ने मैनालीको गुनासोे छ ।

नेपाल विद्युत प्राधिकारण लालवन्दीका प्रमुख संजीवकुमार साहलो बिगतको वर्षमा विविध कारणले महसुल संकलन विनियमावली २०७८ लागु गर्न नसकिएको भएपनि यस वर्षबाट लागु गरिएको बताउनु भयो । केन्द्रले पुर्ण रुपमा उपभोक्ता वर्गिकरण गर्न परिपत्र गरेकाले त्यसैको आधारमा अहिले लालवन्दी शाखाले समेत उपभोक्ता वर्गिकरण गरेका कारण किसानलाई केहि मंहगो पर्न गएको स्वीकार्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?