पानीमा करोडौंको लगानी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । दाङमा पानी उद्योगमा करीव १२ करोड लगानी भएको छ । शुद्ध पिउने पानी बजारमा पु¥याउने उद्देश्यले व्यवससायीले दाङका विभिन्न स्थानमा रहेका १८ वटा पानी उद्योगमा करिव ११ करोड ९९ लाख ४७ हजार ८ सय ७२ रुपैया लगानी गरेका छन् ।

जिल्लामा संञ्चालनमा आएका पानी उद्योगहरुमा चालु पुजी २ करोड ७६ लाख २० हजार एक सय रुपैया रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम केसीले जानकारी दिनुभयो । अधिकृत केसीका अनुसार उद्योगहरुको स्थीर पुजी ९ करोड २३ लाख २७ हजार सात सय २३ रुपैया रहेको छ ।

१८ वटा पानी उद्योगहरु आरोग्य मिनिरल वाटर एण्ड जुस उद्योग ,राप्ती ड्रिङक वाटर उद्योग,राम्री ड्रिङकिङ वाटर उद्योग, ओम ड्रिङिक वाटर एण्ड जुस उद्योग,स्वर्गद्वारी ड्रिङकिङ वाटर उद्योग, सांग्रीला ड्रिङकिङ वाटर एण्ड वेभरीज प्राली, गौतम जल सेवा, श्री राईराम ड्रिङकिङ वाटर उद्योग र लमही खानेपानी उद्योग गरेर ९ वटा ३ ‘क’ साना वर्गका पानी उद्योगहरु रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

जसमा सवैभन्दा धेरै प्रशोधित पानी उत्पादन गर्ने १२ वटा उद्योगहरु रहेको अधिकृत केसीले वताउनुभयो । उहाँका अनुसार ड्रिङकिङ वाटर तथा फ्लेवर ड्रिङक्स पानी उत्पादन गर्ने दुई वटा, मिनरल वाटर उत्पादन, पानी तथा आईस पप जुस उत्पादन गर्ने, मिनरलसहित पानी तथा जुस उत्पादन गर्ने १÷१ वटा उद्योगहरु रहेका छन् ।

त्यसैगरी डायनामिक वाटर एण्ड वेभरेज उद्योग १५÷२ ‘ख’, एस.एम.बि. ड्रिङकिङ वाटर एण्ड वेभरीज प्राली, बाल्मिकी जल सेवा, हाइलैण्ड लोईङ इन्डिष्ट्रिज, गोरक्ष फुड एण्ड वेभरेज उद्योग १५÷२ ‘ख’, रारा प्रोसेसिङ प्रालि १५÷२ ‘ग’ वर्ग, भद्रकाली ड्रिङकिङ वाटर १५÷२ ‘ज’ वर्गका रहेका छन् । जिल्लाका पानी उद्योगहरु मध्य राम्री ड्रिङकिङ वाटर र स्वर्गद्वारी बिजनेस ग्रुपद्वारा सञ्चालित पानी उद्योगको भने वर्ग खुलेको छैन ।

अधिकांश उद्योगले भुमिगत पानी प्रशोधन गरेर बिक्री वितरण गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम केसीले बताउनुभयो । अधिकृत केसीले भन्नुभयो,‘जिल्लामा सञ्चालित अधिकांस पानी उद्योगहरुले भुमिगत पानी प्रशोधन गरेर जनतालाई विक्री गर्ने गरेका छन् ।’

दाङसहित साविकको राप्ती क्षेत्रमा बढ्दो सहरीकरणसँगै पछिल्लो समय मानिसहरुमा शद्ध पिउने पानी खानुपर्छ भन्ने ज्ञान भएसँगै जिल्लामा खानेपानीका उद्योगहरु लगानी बढ्दै गएको अधिकृत केसीले बताउनुभयो । ‘पहिले घरघरमै कुवा वा धाराको पानी खाने प्रचलन थियो’,कार्यालयका अधिकृत केसीले भन्नुभयो,‘पछिल्लो समय मानिसमा शुद्ध पिउने पानी खानुपर्छ भन्ने ज्ञान भएको छ । जस्ले गर्दा पानीको व्यवसाय समेत राम्रो चल्ने गरेका छन् ।’ व्यवसायसँगै जनतालाई जनतालाई शुद्ध पिउने पानी पु¥याउने उद्देश्यले उद्योगको स्थापना भएका कार्यालयले जनाएको छ ।

बढ्दै गएका पानीका उद्योगहरुका कारण बजारमा पानी बिक्रीका लागि लागी चुनौती रहे पनि गुणस्तरी पानी उत्पादन गर्ने उद्योगहरु सफल हुने गरेको अधिकृत केसीले बताउनुभयो । जिल्लाका खानेपानी उद्योगमा स्थानीय एक सय ५० देखि दुई सयसम्मले रोजगारी प्राप्त गरेका छन् । उनीहरु मध्य अधिका.स पुरुषहरु रहेका छन् । यसरी उत्पादन भएको पानी बुटवल तथा नेपालगंजसम्म जाने गरेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?