किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ ।

नगरपालिकाका मेयर वसन्त कुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र वडा अध्यक्ष घमान सिंह खत्रीले किसानलाई धानको बिउ प्रदान गर्नुभएको हो ।

धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो ।

नगरपालिकाले १३ हजार ३ सय केजी बिउ वितरण गरेको छ । सो बिउले ३ सय ३० बिघा क्षेत्रफललाई पुग्नेछ । वितरण गरिएको बिउबाट २३ हजार मेट्रिक टन धान उत्पादन हुने नगरको कृषि शाखाले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?