नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको बताउनु भयो । उहाँले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतका प्रतिकुलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समयको हिसावले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यक्ता हो । हिजोका प्रतिकुलतालाई अब अनुकुलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकुलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ ।’

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताउनु भयो । उहाँले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले समयमा नै काम सक्नुपर्छ, अहिले देशको अर्थतन्त्र त्यति गतिलो छैन । हामीले कतिपय ठाउँमा पेमेण्ट गर्न नसकेर ठेकेदारहरु त्यत्तिकै बसेका छन्, तर यहाँ त कुनै पेमेण्टको समस्या नै छैन भनेपछि काम समयमा नै सक्नुपर्छ । संसदका कर्मचारीहरुले बिहानदेखि काम गर्दा खाजा खान नपाएको कुरामा नै आज हामी छलफल गर्दैछौँ । देशको आर्थिक संकट यस्तो छ । कर्मचारीहरुले यस्तो व्यहोरेर भएपनि कसरी काम चलाउने भन्नेकुरा छ । एकले अर्कोलदाई दोष नदेखाऔँ । साझा दायित्वका रुपमा काम गरौँ । ६३ प्रतिशत बल्ल पुगेको छ । समग्रमा ५० प्रतिशतमा छौँ ।’

सभामुख घिमिरेले संसद भवनि निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?