काठमाडौं । अनेरास्ववियुले सरकारले सांसद विकास कोषलाई छुट्याइएको रकम कक्षा ११ /१२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गर्न रुलिङको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरेको सांसद विकास कोषको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो । अनेरास्ववियुले बिहीवार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसको निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ ।
सभामुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र शिथिल भएको बेलामा सांसद विकास कोषको स्थापना गरी सांसदहरुलाई ५÷५ करोड रुपैयाँ वितरण गर्नुले सांसदहरु जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको बताउनु भयो । उहाँले सो कोषका लागि कानूनी व्यवस्था नभएपनि बद्नियतका साथ अगाडी बढाइएको उल्लेख गर्नुभयो । उहाँले कोषका लागि छुट्टयाइएको ८ अर्ब २५ करोड रुपैयाँ रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क बनाउनका लागि प्रयोग गर्नुपर्ने बताउनु भयो ।
ज्ञापनपत्र बुझ्दै सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले सरकार, संसद लगायत राज्यका अंगहरुको आ–आफ्नो क्षेत्राधिकार हुने भन्दै सो कुरालाई मनन गर्न आग्रह गर्नुभयो ।
ज्ञापनपत्र बुझाउनका लागि अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतको प्रतिनिधि मण्डल सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका