काँग्रेस सभापति देउवाद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताउनुभएको छ ।

बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बतउनु भयो । उहाँले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल अरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशर्क लागि गर्वको कुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना । उहाँको थप जीवन उन्नति होस् । यो अत्यन्त महत्वपूर्ण सफलता हो । यो हाम्रो पार्टी र देशका लागि गर्वको कुरा हो ।’

सम्मानग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरुका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउनु रहेको बताउनु भयो । उहाँले सरकारले शारीरिक अशक्त भएकाहरुलाई सरकारले कानूनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यही सरकार थियो, मलाई दुवै हात, खुट्टा, आँखा नहुनेलाई कानून ल्याइएको थियो । त्यहाँ ६ हजारमाथि माथिका हिमाल चढ्न नमिल्ने कानून थियो । हामलिे सबै मिलेर मुद्दा लड्यौँ । हामीले जित्यौँ । कानून मिलेपछि चढ्न ६ वर्ष लाग्यो । अब अरुलाई अवसर दिनुपर्छ । हामीले कसरी सशक्त रुपमा अघि बढ्नुपर्छ । सरकारलाई पनि सुसुचित बनाउनुपर्छ । त्यस्ता कानून अब ल्याउनु भएन ।’

पूर्वप्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?