अत्यधिक गर्मीका कारण सप्तरीमा पाँच दिनको लागि सबै विद्यालय बन्द

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण जिल्लाको कञ्चनरूप र राजविराज नगरपालिकाले पाँच दिन को लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बिदा गरेका छन् ।

विगत केही दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्ला सहित तराईका विभिन्न जिल्लामा जनजीवन कष्टकर बन्दै गइरहेको र बालबालिका लाई विद्यालयमा पठन पाठन गर्न गराउन समस्या भएको जनाउँदै राजविराज र कञ्चनरूप नगरपालिकाले जेठ १९ गते देखी जेठ २३ गते सम्म पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने सूचना जारी गरेका हुन् ।

गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको नगरपालिकाबाट जारी सूचनामा उल्लेख छ । आजदेखि दुवै पालिकाका सबै सामुदायिक संस्थागत विद्यालयहरू बन्द गर्न निर्देशन दिइएको छ ।

सप्तरी लगायत तराईका जिल्लामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?