सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो सर्त

Read Time = 2 mins

ओस्लो । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताएको छ । साथै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने सर्त अघि सारेको छ । साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि अमेरिकाले मध्यस्थता गर्न चाहेको बताउँदै युद्धविरामको पालनामा गम्भीर हुन आह्वान गरेको छ ।

‘युद्धविरामको पालना गर्न दुवैपक्ष गम्भीर रहेको स्पष्ट भएपछि अमेरिका र साउदी अरबले द्वन्द्वको समाधान वार्ताबाट खोज्न तथा अवरुद्ध भएका वार्तालाई पुनः सरू गर्न अमेरिका र साउदी तयार छन्’, अमेरिका विदेश मन्त्रालयका प्रवक्ताले विदेशमन्त्री एन्टोनी ब्लिंकेन ओस्लो पुगेपछि भन्नुभएको छ ।

सुडानको सेनाले बुधबार युद्धविराम वार्ताबाट बाहिरिएपछि अर्धसैनिक बलको आधार क्षेत्रमा विस्फोट गराएको छ भने आफ्नो प्रतिद्वन्द्वीले सहायता सामग्री प्राप्तिमा अवरोध गर्दै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ताले दुवै पक्षबाट युद्धविरामको गम्भीर उल्लंघन भएको बताउनुभएको छ । सुडानी जनताप्रतिको दायित्व दुवै पक्षले बिर्सन नहुनेमा जोड दिँदै उहाँले युद्धविरामको पालना गर्न आग्रह गर्नुभएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?