काठमाडौं । गोल्छा ग्रुपपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौँ संस्करणका लागि आवेदन खुलेको घोषणा गरिएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत् घोषणा गरिने आयोजकले जनाएको छ ।
लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साह प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरूमाझ चिनाउने कार्य गरिन्छ । नेपालबाट सन् २०१५ देखि सुरु भई काठमाडौंका किशोरकिशोरीलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा नेपालका सबै किशोरकिशोरीका लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापीरूपमा कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका आठ किशोरकिशोरीलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको छ ।
आयोजकका अनुसार अन्य दक्षिण एसियाली मुलुकमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनासाथ ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो । सहभागिताका लागि निःशुल्क आवेदन दिन सकिनेछ भने आफूले चिनेका अद्भूत किशोरकिशोरी मनोनयन पनि गर्न सकिनेछ । पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ शहरमा किशोरकिशोरीसँग अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।
पहिलो चरणमा कुल आवेदनको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २० अण्डर २० को छनोट हुने र त्यसपछि उनीहरूको दृष्टिकोण, कामको सुरुवात र प्रभावका आधारमा उत्कृट छजनाको छनोट हुने बताइएको छ । अन्तिम चरणमा छजनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दूरदर्शनका मापनका लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टिन हिरो नेपाल २०२३ को विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका